काठमाडौं । जापान सरकारले राजधानी प्रवेश गर्ने नागढुंगा नाकामा यातायात सहजका लागि सुरुङ मार्ग निर्माणको सम्झौता भाेलि (बिहीबार) गर्ने भएको छ । सम्झौता जापानी राजदूत र अर्थसचिवबीच अर्थ मन्त्रालयमा हुनेछ ।
२ दशमलव ६ किलोमिटरको सुरुङ मार्ग जापानको ऋण सहयोगमा निर्माण हुन लागेको हो । जापानी सहयोग नियोग (जाइका) ले अन्तर्राष्ट्रिय बिडिङमार्फत निर्माण गर्न लागेको मार्ग नागढुंगाको चेकपोस्टनजिकको फाँटबाट सिस्ने खोलाको तल्लो भाग निस्कनेछ ।
परियोजनाको सम्भाव्यता अध्ययन जाइकाले पूरा गरिसकेको छ । जग्गा अधिग्रहण तथा अन्य मोडलहरूबारे पूर्ण काम सम्झौतापछि आरम्भ हुनेछ । मार्ग निर्माणका लागि २२ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । मार्ग बनेपछि राजधानी भित्रने सवारीसाधनले जाम खेप्नुपर्ने छैन ।
प्रकाशित मिति: ६ पुष २०७३, बुधबार ११:१६