काठमाडौं । विश्वमै पहिलो बहुभाषिक अपरेटिङ सिस्टम (ओएस) मा इन्दस पर्न सफल भएको छ ।
यो ओएस भारतमा निर्मित हो । यसले भारतमा बोलिने १२ भाषालाई समेट्छ । प्रविधिको क्षेत्रमा भारत केही वर्षयता द्रुतगतिमा अघि बढिरहेको छ । यसलाई डिजिटल इन्डियाकै एक रूप मानिन्छ ।
हालसम्म भारतका ७ प्रतिशत स्मार्टफोनमा यो ओएस छ । इन्दसले अंग्रेजी नजान्ने लाखौं भारतीयमाझ स्मार्टफोटन प्रयोगलाई सहज बनाएको छ । इन्दसको आफ्नै एपबजार छ । जहाँ ३० हजार बढी एप रहेका छन् ।
प्रकाशित मिति: ६ पुष २०७३, बुधबार १०:५९