काठमाडौं । कुनैबेला नेपाली संगीत आकाशमा आनन्द कार्कीको नाम निकै चम्किएको थियो ।
आधुनिक होस् वा पाश्र्व गायन आनन्दको एकछत्र राज थियो । उनीसँग सामान्य शब्दलाई पनि मनै छुने गरी गाउन सक्ने शैली छ । उनको यही कलालाई सबैले तारिफ गर्ने गर्थे ।
यही वाहवाहीबीच उनी विदेश गए । नेपालीबाट केही टाढा पनि भए । उनको अभावमा अहिले नयाँ एल्बमसहित स्रोतामाझ आनन्द पुनः आएका छन् । १५औं एल्बमका रुपमा आनन्दले नेपाली स्रोतालाई ‘लभ यू फरेभर’ लिएर आएका छन् ।
आनन्दको यो एल्बममा १० गीत समावेश छन् ।
प्रकाशित मिति: ४ पुष २०७३, सोमबार ११:३०