काठमाडौं । देवानसिंह राई बीपी कोइराला प्रधानमन्त्री छँदा उनकै मन्त्रिपरिषदमा सहभागी थिए ।
यिनै देवानसिंहले सुन्दरीजल जेलमा छँदा लेखेको कीर्ति ‘रिकुटे’ बजारमा आएको छ । २७९ पृष्ठको उपन्यास रिकुटेलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।
लाहुरे जीवनको नालिबेली केलाएको रिकुटेको मूल्य भने २७३ रुपैयाँ तोकिएको छ । रिकुटेलाई कांग्रेस सभापति शेरबहादुर देउवा र नेता खुमबहादुर खड्काले संयुक्त रुपमा राजधानीमा आयोजित एक कार्यक्रममा विमोचन गरेका हुन् ।
प्रकाशित मिति: ४ पुष २०७३, सोमबार ११:२५