भैरहवा, ४ पुस । भैरहवा क्षेत्रमा रहेका पत्रकारहरूको साझा संस्था लुम्बिनी प्रेस क्लबले अंग्रेजी नयाँ वर्षको अवसर पारेर बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
क्लबको अक्षय कोष वृद्धिका लागि कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष माधव ढुंगानाले जानकारी दिए । नयाँ वर्षमा गर्न लागिएको सांस्कृतिक कार्यक्रममार्फत समाजलाई एकताबद्ध र ऊर्जाशील बनाउन सहयोग पु¥याउने क्लबका उपाध्यक्ष तथा सांस्कृतिक कार्यक्रमका संयोजक दिपेश पछाई बताउँछन् ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारमा लोकगायक पशुपति शर्मा, कालीप्रसाद बास्कोटा, रमेशराज भट्टराई, शशि रावल, हास्यकलाकार पाँडे र जिग्री, शिलु भट्टराई, प्रिया भण्डारी, रेणु रानामगर, पवित्रा थापा, ब्लु डाइमन्ड सोसाइटीबाट नृत्य र आधुनिक बिबोइङ डान्स र भोजपुरी नृत्य रहने आयोजकले जनाएका छन् ।
प्रकाशित मिति: ४ पुष २०७३, सोमबार १०:१४