- अब नेपालमै ब्लड क्यान्सर पहिचान गर्न सकिने
काठमाडौं, ३ पुस । नेपालकै जेठो वीर अस्पतालले विभिन्न प्रविधि भित्र्याउने तयारी गरेको छ । उपचारमा सहज होस् भनेर विभिन्न रोग पत्ता लगाउने प्रविधि नेपालमा भित्र्याउन लागेको अस्पतालले जनाएको छ ।
वीर अस्पतालले ब्लड क्यान्सर एवं स्तन क्यान्सर भए/नभएको पत्ता लगाउने प्रविधि चाँडै ल्याउने तयारी गरेको हो । त्यस्तै फोक्सोमा हुने क्यान्सरको मापन, जाँच र उपचार प्रविधि पनि भित्र्याउने तयारी गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले ‘जेनटिक मोलिक्युल’ युनिट खडा गरेसँगै क्यान्सरको सम्भाव्यता पत्ता लगाउने थप प्रविधि भित्र्याउने तयारी गरेको जेनेटिक वैज्ञानिक बलराम गौतमले जानकारी दिए । यो भित्रिएपछि क्यान्सर रोगको पहिचानसँगै उपचार पनि सहज हुनेछ ।
यस्तै अस्पतालले स्तन क्यान्सरको जाँचका लागि ‘हर्टोन्यु टेस्टर जाँच पनि सुरु गरेको छ ।
प्रकाशित मिति: ३ पुष २०७३, आईतवार १५:४१