एजेन्सी । इन्डोनेसियाको सुदूरपूर्वी इलाकामा अवतरणका क्रममा भएको सैन्य विमान दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालकदलका ३ सदस्यसहित अन्य १० यात्रु छन् ।
हर्कुलस सी-१३० विमान स्थानीय समयअनुसार आइतबार बिहान ५:३५ मा टिमिकाबाट उडेको थियो । खाद्यान्न बोकेको सैन्य विमान अवतरणको निर्धारित समयभन्दा ४ मिनेट अगावै दुर्घटनामा परेको थियो ।
विमान खराब मौसमका कारण दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।
प्रकाशित मिति: ३ पुष २०७३, आईतवार १५:०६