श्रीलंका विरुद्धको एसीसी अन्डर नाइनटीन क्रिकेटमा नेपाल एक रनको झिनो अन्तरले पराजित भएको छ । आज देखि सुरु भएको उद्घाटन खेलमा नेपाल श्रीलंकाले द्यिको २ सय २८ रनको लक्ष्य भेटाउन जम्मा एक रनले पछि परेको थियो ।
श्रीलङ्काले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २ सय २६ रनमा समेटियो ।
जित नजिकै पुगेको नेपाल अन्तिम ओभरको तेस्रो बलमा नेपाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी आउट भएपछि पराजय भोग्न बाध्य भएको थियो ।
अन्तिम ओभरमा आठ रन आवश्यक परेका बेला ऐरी क्रिजमा थिए । उनले पहिलो बल डट खेले, दोस्रो बलमा छक्का हाने र दुई रन आवश्यक परेका बेला तेस्रो बलमा आउट भएपछि नेपालको हारको मुखमा पुग्यो ।
पाँचौँ नंमा ब्याटिङ गर्न प्रवेश गरेका दीपेन्द्रसिंहले सर्वाधिक ९० रनको योगदान दिए । उनान्सय बल खेल्दै खेलेका ऐरीले एक छक्कासहित नौ छक्का प्रहार गरे । त्यसैगरी अविनाश कर्णले ४० र अदिल खानले ३९ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा २ सय २७ रनको योगफल तयार गरेको थियो ।
श्रीलङ्काको जितमा हसिथा बोयागोडाले सर्वाधिक ८३ रनको योगदान दिए ।
इनिङको पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलङ्काका लागि रवीन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
बलिङतर्फ नेपालका कमल सिंहले तीन विकेट लिए भने पवन सर्राफले दुई तथा दीपेन्द्रसिंहले एक विकेट लिए ।
समूह ए मा रहेको नेपालले अब भारत र मलेसियासँग प्रतिस्पर्धा गर्ने छ ।
नेपालले अब शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति: ३० मंसिर २०७३, बिहीबार २१:०८