शाहरुख खानको फिल्म ‘रइस’ आउँदो २६ जनवरीमा कुनै तनावबिना रिलिज हुने भएको छ । महाराष्ट्र नव निर्माण सेना (एमएनएस) ले फिल्मको विरोध नगर्ने भएपछि फिल्म बिनाअवरोध रिलिज हुन लागेको हो ।
आइतबार बेलुकी शाहरुख खान र राज ठाकरेबिचको कुराकानी बिच फिल्मको विरोध नगरिने निष्कर्ष निकालिएको स्रोतले बताएको छ । छलफलपछि राज ठाकरेले भने, ‘फिल्ममा पाकिस्तानी अभिनेत्री माहिरा खानले प्रोमोसनमा भाग नलिने कुरा शाहरुख खानले जानकारी
दिएका छन् ।’
शाहरुख र राज ठाकरेबिचको यस्तो सम्झौता सलमान खानका कारण सम्भव भएको भारतीय मिडियाले जानकारी दिएको छ । स्मरण रहोस्, ‘रइस’ मा पाकिस्तानी कलाकार माहिरा खानको अभिनय रहेको छ । पछिल्लो दिन फिल्म ‘ए दिल हे मुश्किल’ को रिलिजमा निकै तनाव खेप्नुपरेको थियो । यो फिल्ममा पाकिस्तानी नायक फवाद खानले अभिनय गरेका थियो ।
मिडिया रिपोर्टका अनुसार शाहरुखले अब उनी आफ्नो होम प्रोडक्सनको कुनै पनि फिल्ममा पाकिस्तानी कलाकार नलिने विश्वास ठाकरेलाई दिलाएका थिए ।
एक भारतीय समाचार एजेन्सीले दाबी गरे अनुसार राजले यसपटक पनि पाकिस्तानी कलाकारको नाममा फिल्म ‘रइस’ को विरोध गर्ने निर्णय लिइसकेका थिए । यसको दुई कारण बताइएको छ ।
पहिलो कारणमा राज ठाकरेको शाहरुखसँग राम्रो सम्बन्ध छैन र दोस्रो कारणमा यदि उनको पार्टीले यो फिल्मलाई सजिलै रिलिज हुन दिए उनीहरुको स्ट्याण्डमा पनि ठूलो धक्का लाग्थ्यो । यस्तो अवस्थामा एमएनएस सजिलै पछि हट्न सक्दैनथ्यो ।
फिल्मका निर्माता रितेशले थुप्रै पटक राज ठाकरेसँग भेट्ने समय मागेको थियो तर उनले भेट्न अस्विकार गर्दै आएका थिए । एमएनएसका फिल्म युनिटले पनि निर्मातालाई आफूहरुले फिल्मको विरोध गर्ने स्पष्ट पारिसकेका थिए ।
प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलवार ०८:०८