काठमाडौँ । कर्णालीमा हुने खाद्यान्न समस्याका बारेमा फरक मत राख्ने हुम्ला जीवनबहादुर शाही अहिले मन्त्री पद सम्हाल्न पुगेका छन् । चामललार्इ मात्र होइन, आलु, कोदो र फापर जस्ता खाद्यान्न वालीलाई खानाको रुपमा प्रयोग गर्ने बानी बसाले मात्र कर्णालीमा खाद्यान्न समस्या हट्ने धारणा राख्ने उनै व्यक्ति हुन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ।
सडक यातायातको पहुँचमा नपुगेको मध्यपश्चिमको हिमाली जिल्ला हुम्लामा रहेर समस्त कर्णालीलार्इ नै खाद्यान्न समस्याबाट मुक्त गर्नु मात्र नभर्इ अब देश कै आर्थिक समृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रको जिम्मेवारी शाहीले पाएका छन् ।
पद बहालीपछि कै दिन मन्त्री शाहीले भने ‘‘हाम्रो मुख्य आयस्रोत पर्यटन हो, देश बनाउने दरिलो आर्थिक स्रोतको रुपमा रहेको पर्यटन मन्त्रालयलाई गतिशील बनाई पर्यटन विकासका लागि पूर्वाधार विकास र हवाई सेवा विस्तारलाई विशेष प्राथमिकताका साथ अघि बढाइनुपर्छ,”।
पर्यटन प्रवद्र्धनका लागि पूर्वी भेगमा जति गतिविधि छन्, पश्चिम र सुदूरपश्चिम पछि परेको भन्दै नीतिगत सुधारसहित पूर्वाधार विकास र हवाई सेवाको पहुँचका लागि काम गरिनुपर्ने खाँचो भएको बताउने मन्त्री शाहीले पछाडि परेको कर्णाली लगायत समग्र क्षेत्रको विकास परिणाम मुखी बनाउने अठोट गरेका छन् ।
वि.स. २०२१ साल जेठ २२ गते स्वर्गीय पिता मान बहादुर शाही र ममतामय आमा स्वगीय बेलकली शाहीको कोखबाट खार्पूनाथ गाउँ विकास समिति वडान ४ खर्पेलगाउमा जेष्ठ सुपुत्रका रुपमा शाही जन्मनु भएको हो । मध्यम घर परिवारमा जन्मिएका उनी विद्यालयको पढाइ बुढानिलकण्ठमा भएको थियो । उनी पछि उच्च शिक्षा अध्यानका लागि त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा गरेका थिए ।
शिझा स्नाकोत्तर गरेका शाही पाइलट कोर्षका लागि अमेरिका पुगेका थिए । उनी २०३९ सालमा कोर्ष पुरा गर्न अमेरिका पुगरे फर्केका थिए । पाइलट पढेर सिमिति नागरिकको सेवा गर्नु पर्ने भएकोले राजनीति गर्दा एक जिल्ला अनि पुरै राष्ट्रको सेवा गर्न पाईने सपनाकासाथ राजनीतिक यात्राको शुरुवात गरेका थिए । २० सालमा राजनीति यात्रा शुरु गरेका उनले मन्त्री बन्ने अवसर पाएका छन् ।
वि सं २०३८ सालबाट राजनीति यात्रा त्रिचन्द्र कजेजमा अध्यान गर्दा गर्दै नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा शुरुवात गरेका शाही २०४६ सालको पर्नवहालीको प्रजातान्त्रिक आन्दोलनको २०४६ सालको वेला हुम्ला जिल्लाको नेपाली काँग्रेस बाममोर्चाको नेतृत्व सम्हालेका थिए । उनले ०५४ सालमा हुम्ला जिल्लाको नेपाली काँग्रेसको सभापति भएर जिल्ला कार्य समितिको नेतृत्व गर्न सफल भएका थिए ।
२०४९ सालमा खार्पूनाथ गाविस वडा नम्बर ४को वडा सदस्यमा निर्विरोध निर्वाचित भएका शाही २०४९ सालको स्थानीय चुनावमा नेपाली काँग्रेसको तर्फबाट जिविस सभापतिको लागि उम्मेदारको टिकट पाएका थिए । राजनीतिक यात्रामा निराश नहुने धैयवान नेता शाही हुम्ली नागरिकको सेवामा लगातार कटिबद्ध भएर लागेकै कारण अहिले मन्त्री हुन पुगेका छन् ।
सामान्य घरको विकास र देशको परिवर्तनको परिकल्पनाको रोखा कोर्दै विश्राम नलिइ राजनीतिक यात्रामा लागि परेका शाहीले २०५५ सालको स्थानीय निकायको चुनावबाट जिविस सभापतिमा निर्वाति भएका थिए ।
त्यसैगरी २०६७ सालसम्म नेपाली कांग्रेस हुम्लाको पार्टी सभापतिको पदमा रहेर काम गर्नुकासाथै ११ औ महाधिवेशन २०६२ मा केन्द्रीय सदस्य निर्विरोध निवार्चित भएका उनको केन्द्रीय स्तरको राजनीति यात्र शुरु गरे भने १२ औ महाधिवेसन २०६७ मा कर्णाली अन्चलबाट निर्वाचित केन्द्रीय सदस्य भएका थिए ।
त्यसैगरी २०७२ को १३ औ महाधिवेशनबाट प्रदेश नम्बर ६ बाट पुन तेश्रो पटक केन्द्रीय सदस्य निर्वाचित भएका थिए । स्वच्छ राजनीतिक छविका उनी २०६४ सालमा भएको नेपालको पहिलो संविधान सभाको निर्वाचनमा नेकाको तर्फबाट सभासद उम्मेदवार भएका थिए भने २०७० को दोश्रो संविधान सभाको निर्वाचनमा निर्वाचित भएका थिए । संसद विकास उप समितिको संयोजकमा नियुक्त रहेका शाहीले संसदमा नियमित रुपमा सहभागी हुने पदक पाएका थिए । जसले गत भदौ १० गते संस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्री बन्न सफल भएका छन् ।
प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार ०८:४६