काठमाडौं । नेपाली कांग्रेसले १० राज्यमन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ।उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मंगलबार प्रधानमन्त्री दाहाललाई पार्टीका तर्फबाट सरकारमा सहभागि हुने राज्यमन्त्रीको नाम बुझाएका हुन्।
जसअनुसार तारामान गुरुङ स्वास्थ्य, सुरेन्द्र आचार्य सिंचाई, दीलिप गच्छदार श्रम, दिर्घराज भाट भौतिक पुर्वाधार, दीपक खड्का खानेपानी तथा सरसफाई, सुवर्ण ज्वारचन सहरी विकास, मिठु मल्ल वाणिज्य, इन्द्र वानियाँ पर्यटन, सिताराम मेहत्ता बन तथा भु संरक्षण, कञ्चन वादे श्रेष्ठ, उद्योगको जिम्मेवारी दिइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मंगलबार प्रधानमन्त्री दाहाललाई पार्टीका तर्फबाट सरकारमा सहभागि हुने राज्यमन्त्रीको नाम बुझाएका हुन्।
यस अघि बरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार जापान जानुअघि जीवन परियार सहित ४ जनाको नाम आफ्नो तर्फबाट राज्यमन्त्री बनाउनु पर्ने भन्दै सभापति देउवालाई सिफारिस गरेका थिए। उनले दिएका नाम मध्येबाट परियार परेनन्। यसैगरी कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षबाट एकएक जना राज्यमन्त्री बन्नेका छन्। जसमा गुरुङ र बानियाँ हुन्। देउवा पक्षबाट मिठु मल्ल, दिलिप गच्छदार, सीताराम मेहता, दीर्घराज भाट, सुवर्ण ज्वारचन राज्यमन्त्रीमा परेका हुन्।
प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलवार १४:४०