सुर्खेत, १३ मंसिर । मध्यपश्चिमका जिल्लाहरुमा यसबर्ष धानको उत्पादनमा १६ प्रतिशतले बृद्धि भएको छ । गतवर्ष भन्दा यो वर्ष मध्यपश्चिममा अनुकुल वर्षा भएकाले धानको उत्पादनमा १६ प्रतिशतले वृद्धि भएको माध्यपश्चिम क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतले जनाएको छ ।
अनुकुल बर्षाकासाथै उन्नत जातको विउ प्रयोगका कारण मध्यपश्चिमका १५ जिल्लामा धान उत्पादनमा वृद्धि भएको क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका प्राविधिक सहायक पूर्ण थापाले जनाएका छन् ।
गतवर्ष खडेरी भएको हुँदा धान उत्पादनमा निकै कमी आएको थियो । गतवर्ष समयमा वर्ष नभएकाले धान उत्पादनमा कमी आएको निर्देशनालयका प्राविधिक सहायक थापाले जानकारी दिए ।
मध्यपश्चिमका जिल्लाहरुमा यस वर्ष धानको उत्पादनका बृद्धि भएसँगै किसान कृषि व्यवसायमा निकै उत्साहित देखिएको उनले बताए ।
क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका अनुसार गतवर्ष खडेरी परेकाले धान उत्पादनमा कमि आएको थियो भने यो वर्षमा अनुकुल वर्षासँगै किसानले उन्नत मल र वीउको प्रयोग गरेका कारण उत्पादनमा वृद्धि भएको हो ।
मध्यपश्चिमका १५ जिल्लाका खेती योग्य जमीनमा यसवर्ष ६ लाख ८१ हजार ८९५ मेट्रिक्टन धान उत्पादान भएको निर्देशनालय सुर्खेतले जनाएको छ ।
निर्देशनालयका अनुसार रुकुममा गतवर्ष ९ हजार ८ सय १८ मेट्रिक्टन धान उत्पादन भएको थियो भने यो वर्ष १० हजार ८ सय ९७ मेट्रिक्टन धान उत्पादन भएको छ् । प्युठानमा गत वर्ष २३ हजार ४ सय ४२ मेट्रीक टन धान उत्पादन भएको थियो भने यो वर्ष २३ हजार ३ सय ८० मेट्रिक्टन धान उत्पादन भएको छ् ।
यसैगरी रोल्पामा गतवर्ष १२ हजार २ सय ७४ मेट्रिक्टन धान उत्पादन, यो वर्ष १२ हजार ६ सय ४२ मेट्रिक्टन धान उत्पादन, सल्यानमा गतवर्ष २५ हजार ४ सय ६७ मेट्रिक्टन धान उत्पादन यो वर्ष २७ हजार ६ सय २ मेट्रिक्टन धान उत्पादन, दाङमा गतवर्ष १ लाख ५ हजार २ सय मेट्रिक्टन धान उत्पादन यो वर्ष १ लाख ६९ हजार १ सय ८ मेट्रिक्टन धान उत्पादन भएको क्षेत्रिय कृषि निर्देशनालय सुर्खेतको तथ्याङ्कले देखाएको छ ।
यसैगरी बाँकेमा गतवर्ष ८५ हजार ४ सय ४२ यो वर्ष १ लाख ३६ हजार १ सय ४५ मेट्रिक्टन धान उत्पादन भएको थियो । जस अनुसार बाँकेमा ५९ प्रतिशतले धान उत्पादनले वृद्धि भएको छ । बर्दिया गतवर्ष १ लाख ९५ हजार ३ सय २ मेट्रिक्टन उत्पादन भएको थियो भने यो वर्ष २ लाख २५ हजार मेट्रिक्टन उत्पादन भएको छ ।
यसैगरी सुर्खेतमा गतवर्ष ४२ हजार ८ सय २ मेट्रिक्टन उत्पादन भएको थियो भने यो वर्ष ४५ हजार ८ सय ६३ मेट्रिक्टन धान उत्पादन भएको निर्देशनालय सुर्खेतले जनाएको छ ।
यसैगरी दैलेखमा गतवर्ष २१ हजार ८ सय १५ मेट्रिक्टन उत्पादन भएको थियो भने यो वर्ष २६ हजार ३ सय ३६ मेट्रिक्टन धान उत्पादन भएको छ । जाजरकोट गतवर्ष ९ हजार ९ सय ७१ मेट्रिक्टन उत्पादन भएको थियो भने यो वर्ष १० हजार ६५ मेट्रिक्टन धान उत्पादन, डोल्पामा यो वर्ष ६०५ मेट्रिक्टन धान उत्पादन, जुम्लामा गतवर्ष ५ हजार ९ सय मेट्रिक्टन उत्पादन भएको थियो भने यो वर्ष ६ हजार ९०मेट्रिक्टन धान उत्पादन भएको छ ।
कालीकोट गतवर्ष ५ हजार ६० मेट्रिक्टन यो वर्ष ५ हजार २ सय ६६ मेट्रिक्टन धान उत्पादन भएको छ भने मुगु गतवर्ष १ हजार ४ सय १८ मेट्रिक्टन यो वर्ष ४ हजार ५ सय ५ मेट्रिक्टन धान उत्पादन भएको र हुम्लामा गतवर्ष ४ सय ४२ यो वर्ष ८ सय ११ मेट्रिक्टन धान उत्पादन भएको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: १३ मंसिर २०७३, सोमबार ०८:२३