काठमाडौं, १३ मंसिर । बहुप्रतिक्षित काठमाडौँ–निजगढ द्रूतमार्ग अन्ततः सरकारले आफैँ निर्माण गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनामा समेत सूचीकृत यो आयोजनालाई सरकारले आफैँ निर्माण गर्ने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले लामो बहस र अन्योललाई चिर्दै यस द्रुतमार्गलाई अन्य सरकारी सडकसरह निर्माण गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार, मङ्सिर ५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सो निर्णय गरिएको हो ।
द्रुतमार्ग निर्माणका लागि भारतीय निर्माण कम्पनी आइएल एन्ड एफससँग भएका सबै समझदारी र सहमति तथा सो कम्पनीले पेस गरेका प्रस्तावलाई रद्द गर्दै सरकारले सो निर्णय गरेको जानकारी प्रवक्ता अधिकारीले दिनुभयो ।
द्रुतमार्ग निर्माणका लागि सो कम्पनीले नेपाल सरकारलाई विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर० समेत प्रस्तुत गरिसकेको थियो ।
त्यसैगरी, सो कम्पनीले पेस गरेको विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर० अध्ययन गर्न तथा सो द्रुतमार्गका लागि आवश्यक पर्न सक्ने वित्तीय अवस्थाबारे अध्ययन गरी प्रतिवेदन बुझाउनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एउटा कमिटी गठन गर्ने निर्णयसमेत गरेको जानकारी प्रवक्ता अधिकारीले दिनुभयो ।
कमिटीले सो आयोजनाको कार्यान्वयनका लागि कहाँबाट कसरी आर्थिक स्रोत जुटाउन सकिन्छ सोबारे सुझाव दिनेछ । आजको गोरखापत्रमा खबर छ ।
प्रकाशित मिति: १३ मंसिर २०७३, सोमबार ०७:३०