इटहरी, १२ मंसिर । बुद्धिजिवीको भेलामा यहाँ विभिन्न नौ साहित्यिक कृति लोकार्पण गरिएको छ ।
महाकवि तीताम्बरभोल लम्सालका दुई उपनिषद् ‘बृहदारण्यकोपनिषद्’ र ‘छान्दोग्योपनिषद्’ तथा ‘यम गौमत’ ‘राजर्षि जनक’ ‘युमा ’, ‘महासामन्त अंशुवर्मा र भृकुटी’, ‘नेपाली समाजको नालीबेली’, ‘समसामयिक साहित्य र सर्जकहरु’ तथा ‘शासन, सुशासन र प्रशासन’शीर्षक महाकाव्यको साहित्यकार मोदनाथ प्रश्रित, प्रा डा गोपाल भण्डारी, कवि बम देवान, साहित्यकार गणेश सुब्बा विरही, सोमनाथ अभय, पुरुषोत्तम भट्टराई लगायतले शनिबार आयोजित कार्यक्रममा सामूहिक लोकार्पण गरेका थिए ।
इटहरी साहित्यिक समूह र लम्साल वंश प्रतिष्ठानको सहकार्यमा लोकार्पित कृतिमा
क्रमशः कृष्णप्रसाद गुरागाईं, गुञ्जन ब्रह्मचारी, ऋषिराज लुम्साली, उपेन्द्र पागल, डा मोहन तुम्बाहाङ, प्रा डा टङ्क न्यौपाने, रामजी तिम्सिना, मनु मञ्जिल र प्राज्ञ दधिराज सुवेदीले टिप्पणी गरेका थिए ।
कार्यक्रममा इटहरी साहित्यिक समाजका अध्यक्ष कृष्णविनोद लम्साल, टीका आत्रेय, यम गौतम, दुर्गा पराजुली, कालिका पौडेल, प्रल्हाद पहरेदार र मधु पोखरेलले विमोचित कृतिका श्लोक वाचन गरेका थिए । रासस