काठमाडौं । प्रदर्शनको क्रममा आगामी पौष २२ गरेको लागी तयार भएको फिल्म ‘भ्रम’ले चलचित्रको प्रचार सामाग्री स्वोरुप फिल्मको ट्रेलर सार्बजनिक गरको छ ।
उज्यालो सुर्य फिल्म्सको ब्यानरमा ठुल्दाई सुन चांदी गहना पसलको प्रतुतिमा तयार भएको फिल्म लाई निर्देशक रबिन्द्र शाही (आर बि)ले निर्देशन गरेका हुन् । निर्देशक शाहीको डेब्यु फिल्म ‘भ्रम’ उनले लामो समयको निर्देशकीय यात्रा पाछि निर्माण गरेका हुन् ।
दर्जनौ बढी टेलिफिल्ममा सह निर्देशन भई काम गरिसकेका निर्देशक शाही नेवारी फिल्मका सफल निर्दशक पनि हुन् । उनले थुप्रै नेवारी फिल्म निर्देशन पनि गरिसकेका छन् । नेवारी फिल्म बाट बेष्ट डिरेक्टरको अवार्ड पाउन सफल निर्देशक शाहीको डेब्यु फिल्म बाट पनि निकै राम्रो सफतलाको आशा गरेको छ निर्माण पक्षले ।
करिब १ मिनेट ५० सेकेण्ड लामो ट्रेलरलाई निर्माण टिमले सामाजिक संजाल युटुब मार्फत सार्बजनिक गरका हुन् । सस्पेन्स दृस्यहरु समावेश यस फिल्म केहि हरर पनि बनेको बताए निर्देशक रबिन्द्र शाही आर बि ले । फिल्ममा कर्मा शाक्य र भिन्तुना जोशी र खुस्बु खड्का लिड भूमिकामा छन् । निर्देशक शाहीको कथा रहेको फिल्ममा पटकथा तथा संवाद भने राधा श्रेष्ठ र श्याम श्रेष्ठको रहेको छ ।
२०४२ , २०४३ साल बाट नाटक हुँदै ४७ ,४८ मा आइपुग्दा चलचित्र ‘बहादुर…’ परदेशी कान्छाू लगायतकाको फिल्ममा प्रमुख कलाकार भएर अभिनय गरेका कलाकार तथा निर्मता श्याम ल्वागुणले फिल्मको निर्माण गरेका हुन् ।
उनलाई सुरेश गमालले निर्माणमा साथ् दिएका छन ।
सिम्प्पल लभ स्टोरी तथा संस्पेंन्स कथामा निर्माण भएको फिल्म ‘भ्रम’मा कृष्ण श्रेष्ठले सिनेमाटोग्राफी , कुमार महर्जनको द्वन्द्व र रक्की धांसुको संगीत तथा गोविन्द प्रभातको कोरियोग्राफी रहेको छ ।
प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार १७:०७