
सीड्नी । नेपालका परराष्ट्रमन्त्री डा.प्रकाश शरण महत एकसाताब्यापी उच्चस्तरीय भेटघाट तथा नेपाल महोत्वसवमा सहभागी हुन अस्ट्रेलिया आइपुगेका छन् ।
परराष्ट्रमन्त्री डा.महतले एनआरएन अस्ट्रेलियाले हरेक दुर्इ वर्षमा आयोजना गर्ने नेपाल महोत्सवको उद्घाटन गर्नुका साथै यँंहाका उच्च पदस्थ राजनीतिज्ञहरूसँंग आपसी भेटघाट गर्ने कार्यक्रम छ ।
मन्त्री डा.महतले बिहीबार बिहानै अस्ट्रेलियाको ठूलो राजनीतिक दल लेबर पार्टीका अध्यक्ष बिल सर्टनसँंग दुर्इ देशवीचको आपसी सम्वन्ध र सहयोगका विषयमा भेटघाट गर्ने कार्यक्रम रहेको अस्ट्रेलियाका लागि नेपाली कार्यबाह राजदूत राजेन्द्र पाण्डेले जानकारी दिए ।
बिहीबारनै मन्त्री डा.महतले अस्ट्रेलियाका परारष्ट्रमन्त्री जुली बिशपसँंग आपसी सहयोग र सद्भाव र दुर्इ देशवीचको सहयोग आदान प्रदानका विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।
डा.महतले भने, ‘यो भ्रमणलाई दुर्इ देशवीचको आपसी सहयोग र सद्भावसँंग जोड्ने विषयमा केन्द्रित छ ।’
डा.महतले प्रवेषाज्ञाका विषयमा नेपालीहरुले नयाँदिल्ली धाउनु पर्ने समस्यालाई मध्ये नजर राख्दै नेपालमै भिषा प्रकृया प्रारम्भ गर्न परराष्ट्रमन्त्री जुली बिशपसँंग प्रस्ताव गर्ने समेत बताए ।
बुधबार साँझ परराष्ट्रमन्त्री डा.महत सिड्नी विमानस्थलमा आइपुग्दा एनआरएन अस्ट्रेलियाका कार्यबाहक अध्यक्ष दिनेश पोखरेल, अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदूत राजेन्द्र पाण्डे पूर्व अध्यक्ष गणेश केसी, नेपाल अस्ट्रेलिया डेमोक्रयाटिक फोरमका अध्यक्ष विवेक थापा, जनसम्पर्क समितिका अध्यक्ष कृष्ण गिरी, पूर्व आइसीसी सदस्य निरज श्रेष्ठलगायतले विमानस्थलमा खादा र मालाले भब्य स्वागत गरेका थिए ।
प्रकाशित मिति: ८ मंसिर २०७३, बुधबार १७:२५