काठमाडौं, ८ मंसिर । मुलुकभरीका एमबिबिएस अध्ययनरत विद्यार्थीहरुको छाता संगठन नेपाल मेडिकल स्टुडेन्ट सोसाइटि ९एनएमएसएस०ले मंगलबार चिकित्साशास्त्र अध्ययन संस्थानका डीनलाई राजिनामा दिन आग्रह गर्दै डा।गोविन्द केसीको आन्दोलनलाई सफल बनाउन आग्रह गरेका छन् ।
सरकारले डा केसीले अघि सारेका मागको बेवास्ता गरे सबै प्राज्ञिक र अन्य अस्पतालका सेवा बन्द गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । एनएमएसएसका पदाधिकारी, रेजिडेन्ट चिकित्सक लगायतकाले डिन कार्यालयमा धर्ना दिनुको साथै ज्ञापनपत्र समेत बुझाएका थिए ।
ज्ञापन पत्रमा संस्थानको भलाइ र गुणस्तरीय चिकित्सा शिक्षा र सेवामा आम नेपालीको सहज पहँुच स्थापित गर्ने अभियानलाई सफल बनाउन डिन पदबाट राजिनामा गर्न डा।केपी सिंहलाई आग्रह गरिएको छ ।
ज्ञापनपत्र ग्रहण गर्दै डा। सिंहले राजिनामा नगर्ने बताएका थिए । नयाँ मेडिकल कलेजलाई सम्बन्धन र एमबिबिएसका विद्यार्थी भर्नामा अनियमितता गर्नका लागि हालको अस्थिरता जारी राखिएको एनएमएसएसका अध्यक्ष डा।सागर पोखरेलले बताए ।
आफूहरु सकेसम्म अस्पताल बन्द नगर्ने पक्षमा रहेको र डा।केसीले समेत जे भए पनि अस्पतालको सेवा जारी राख्नु भन्दै आएकाले हालसम्म विरोधको स्वरुप कडा नगरेको पनि उनले बताए ।
‘तर, कसैले सुनिरहेको छैन, १० दिन भयो सरको ज्यान खतरामा पर्ने भएकोले अब अस्पताल बन्द गर्नेसम्मका विरोध गर्न हामीलाई बाध्य पार्न थालिएको छ,’ पोखरेलले भने ।
अनसन तोडाउने बेला सहमति गर्ने तर पालना नगर्ने सरकारको क्रियाकलापले केसीले दस दसपटक अनसन बस्नु परेको पनि विद्यार्थीहरुले बताए । आजको कान्तिपुरमा खबर छ ।
प्रकाशित मिति: ८ मंसिर २०७३, बुधबार ०७:२१