काठमाडाैँ, ६ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले पुनर्निर्माण कार्ययोजना तयार गरेको छ । आइतबार बसेको बैठकले निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन पनुर्निर्माण तथा भूकम्प स्मारक, पुरातात्विक सम्पदा, सडक, खानेपानी तथा अन्य पूर्वाधारहरुको पुनर्निर्माणका लागि पुनर्निर्माण सम्बन्धी लक्ष्य तथा समय तालिका सहितको कार्ययोजना तयार गरेको हो ।
निर्देशक समितिले तयार गरेको पुनर्निर्माण सम्बन्धी लक्ष्य तथा समय तालिका सहितको कार्ययोजना निम्म बमोजिम रहेको छ ।
निजी आवास पुनर्निर्माण तर्फ
–काठमाडौं उपत्यकाभित्र अनुदान सम्झौता कार्य सम्पन्न गर्ने : २०७३ मंसिर १५ गते सम्म ।
–भूकम्प प्रभावित एवं कम प्रभावित सर्भेक्षण गर्न बाँकी रहेका सत्र (१७) जिल्लामा सर्भेक्षण कार्य सम्पन्न गर्ने : २०७३ पौष मसान्त सम्म । (केन्द्रिय तथ्यांक विभाग) ।
जोखिम : कर्मचारी परिचालनका लािग आवश्यक बजेट निकासा आवश्यक ।
–भूकम्प प्रभावित बाँकी सत्र जिल्लामा अनुदान सम्झौता सम्पन्न गर्ने : २०७३ पौषदेखि २०७३ माघ १५ सम्म ।
जोखिम : समयमा नै सर्भेक्षण सम्पन्न हुनुपर्ने ।
–जोखिमयूक्त ३५८ वटा बस्तीहरुको विस्तृत अध्ययन सहित सुरक्षित स्थानमा सार्नुपर्ने बस्तीहरुको निक्र्यौल गर्ने र वैकल्पिक स्थानहरुको पहिचान गर्ने : २०७३ मंसिर १५ देखि २०७३ माघ मसान्तसम्म । (प्राधिकरण, खानी तथा भूगर्भ विभाग, जल उत्पन्न प्रकोप निणन्त्रण विभाग एवं भू—संरक्षण विभाग) ।
जोखिमः स्थानीय निकायको सहयोग आवश्यक ।
– गुनासो फस्र्यौट गर्ने (प्राधिकरण)
–२०७३ मंसिर १५ सम्म – २० हजार वटा गुनासोहरु ।
–२०७३ मंसिर मसान्तसम्म – थप ३० हजार वटा गुनासाहरु ।
–२०७३ पौष १५ सम्म – थप ५० हजार वटा गुनासोहरु
–२०७३ पौष मसान्तसम्म सम्पूर्ण गुनासोहरु ।
–२०७३ माघ १५ सम्म पुनः सर्भेक्षण सम्पन्न गर्ने ।
जोखिम : स्थानीय निकायको सहयोग र जिल्ला समन्वय समितिको सचिवालयमा तत्काल कर्मचारी व्यवस्थापन हुनुपर्ने ।
– साठी (६०) हजार निर्माणकर्मीहरुको उत्पादन गर्ने ।
–पहिलो चरण : बीस (२०) हजार जना– २०७३ मंसिर महिना भित्र ।
–दोश्रो चरण : थप दश (१०) हजार जना – २०७३ माघ महिना भित्र ।
य तेश्रो चरण : थप तीस (३०) हजार जना– २०७३ फाल्गुन मसान्त सम्म ।
जोखिमः अर्थ मन्त्रालयबाट तत्काल बजेट निकासा आवश्यक ।
–गाविसगत रुपमा निर्माण सामग्रीको आंकलन कार्य सम्पन्न गर्ने –२०७३ मंसिर मसान्तभित्र ।
जोखिमः स्थानीय निकायको सहयोग र प्राविधिकहरुलाई प्रोत्साहन भत्ताको व्यवस्था सहित गाविस÷नपामा रहने व्यवस्थ गर्न आवश्यक ।
– निर्माण सामग्री आपूर्तिका निम्ति निर्माण सामग्री बैंकको स्थापना गर्ने (प्राधिकरण, आपूर्ति मन्त्रालय, सहरी विकास मन्त्रालय) :
– पहिलो चरण २०७३ पौष भित्र : तीन (३) जिल्ला ।
–दोश्रो चरण २०७३ माघ भित्र : थप तीन (३) जिल्ला ।
–तेश्रो चरण २०७३ फाल्गुण भित्र : थप पाँच (५) जिल्ला ।
जोखिमः जग्गा व्यस्थापन र गोदाम निर्माण ।
–जग्गा दर्ता सम्बन्धी कार्य मिति २०७३ मंसिर महिनाभित्र सुरु गरी २०७३ फागुन महिनाभित्र सम्पन्न गर्ने (भूमि सुधार मन्त्रालय) ।
जोखिम: भूमी सुधार मन्त्रालयलाई बजेट उपलब्ध गराउनुपर्ने ।
–भूकम्प पीडित सुकुम्बासी एवं भूमिहित घर परिवारलाई जग्गा व्यवस्था तथा आवास पुनर्निर्माणमा सहयोग उपलब्ध गराउने सम्बन्धमा २०७३ मंसिर मसान्तसम्ममा कार्यविधि तयार पारी कार्यान्वयनमा ल्याउने । (प्राधिकरण, भूमिसुधार मन्त्रालय, सहरी विकास मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय ) ।
–विभिन्न वैकल्पिक निर्माण सामग्रीहरुको प्रयोगद्वारा निर्माण गरिने घरहरुको नमूना डिजाइन सहितको दोस्रो भाग २०७३ मंसिरभित्र प्रकाशनमा ल्याउने .
–परम्परागत बस्तीहरुको पुनर्निर्माण सम्बन्धी मापदण्ड स्वीकृत गरी मिति २०७३ मंसिर १५ गतेभित्र कार्यान्वयनमा ल्याउने ।
–पुनर्निर्माण सामुदायिक समितिहरुको गठन २०७३ पौष १५ गतेभित्र सम्पन्न गर्ने ।
जोखिमः स्थानीय राजनैतिक दलहरुको सहयोग आवश्यक ।
– एकीकृत बस्तीहरुको पुनर्निर्माणका लागि जग्गा एकीकरण सम्बन्धी कार्यविधिलाई परिमार्जन गरी आगामी ४५ दिन भित्रमा कार्यान्वयनमा ल्याउने ।
–आगामी आ. व. २०७४/०७५ भित्र निजी आवास पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य अनुरुप सम्बन्धित पुनर्निर्माण सामुदायिक समितिहरुसँगको समन्वयमा प्रत्येक गाविस तथा नगरपालिकाले आगामी २०७३ माघ महिनाभित्र निजी आवास पुनर्निर्माण योजना तयार पारी कार्यान्वयनमा ल्याउने ।
शैक्षिक संस्थाहरु तर्फ
–क्षतिग्रस्त कूल ७,९२३ वटा विद्यालयहरु मध्ये :
–विद्यालय व्यवस्थापन समितिमार्फत प्रस्तावित ३१९८ विद्यालयहरु मध्ये–
– ११०० वटा विद्यालयहरु मिति २०७३ माघ मसान्त भित्र पुनर्निर्माण कार्य शुरु गरि मिति २०७४ माघ मसान्तभित्र सम्पन्न गर्ने ।
–११०० वटा विद्यालयहरु मिति २०७४ श्रावण भित्र पुनर्निर्माण कार्य शुरु गरि मिति २०७५ आषाढ भित्र सम्पन्न गर्ने ।
–९९८ वटा विद्यालयहरु मिति २०७५ श्रावणभित्र पुनर्निर्माण कार्य शुरु गरि मिति २०७६ आषाढ भित्र सम्पन्न गर्ने ।
जोखिमः अर्थ मन्त्रालयबाट तत्काल प्रस्तावित बजेट निकासा आवश्यक र र प्रस्तावित दरबन्दी स्वीकृत हुनुपर्ने ।
–पुनर्निर्माण गर्न प्रस्तावित ५७२ वटा विद्यालयहरु मध्ये–
– ५८ वटा विद्यालयहरुको पुनर्निर्माण कार्य शुरु भएको र मिति २०७५ आषाढ भित्र सम्पन्न
गर्ने ।
– ३४९वटा विद्यालयहरु मिति २०७३ फाल्गुण भित्र पुनर्निर्माण कार्य शुरु गरि मिति २०७५ भाद्र भित्र सम्पन्न गर्ने र बाँकी १५१ वटा विद्यालयहरु २०७४ श्रावणभित्र पुनर्निर्माण कार्य सुरु गरी २०७५ माघभित्र सम्पन्न गर्ने ।
– १४ वटा नमुना विद्यालयहरु मिति २०७३ चैत्र भित्र पुनर्निर्माण कार्य शुरु गरि मिति २०७५ आश्विन भित्र सम्पन्न गर्ने ।
जोखिमः निर्माण व्यवसायीहरुको प्राविधिक र व्यवसायिक क्षमताको अभाव ।
– शिक्षा विभाग तथा विभिन्न मित्र राष्ट्र एवं साझेदार संस्थाहरु समेतबाट पुनर्निर्माण गर्न प्रस्तावित ४,१५३ वटा विद्यालयहरु मध्ये –
– विभिन्न साझेदार संस्थाहरुबाट प्रस्तावित १,१५० वटा विद्यालयहरु मध्ये २०० वटा सम्पन्न भएका र बाँकी ९५० वटा मिति २०७३ फाल्गुण भित्र निर्माण कार्य शुरु गरि मिति २०७५ भाद्र भित्र सम्पन्न गर्ने ।
–भूकम्प प्रभावित एवं कम प्रभावित १७ जिल्लामा क्षति ग्रस्त २९२० विद्यालयहरु मध्ये शिक्षा विभाग मार्फत १२०० वटा विद्यालयहरु विद्यालय व्यवस्थापन समिति मार्फत २०७३ पौषबाट निर्माण कार्य शुरु गरी २०७४ कार्तिक भित्र सम्पन्न गर्ने तथा बाँकी १७२० वटा विद्यालयहरु मिति २०७४ श्रावण भित्र शुरु गरि २०७६ कार्तिक भित्र सम्पन्न गर्ने ।
जोखिम : बजेट व्यवस्थापन ।
– भारत सरकासँग प्रस्तावित ७० वटा विद्यालयहरु मिति २०७३ चैत्र भित्र निर्माण कार्य शुरु गरि मिति २०७५ आश्विन भित्र सम्पन्न गर्ने ।
जोखिम : कार्यान्वयन मोडालिटीमा स्पष्टता आवश्यक ।
– चीन सरकारसँग प्रस्तावित १३ वटा विद्यालयहरु मिति २०७३ चैत्र भित्र निर्माण कार्य शुरु गरि मिति २०७५ चैत्र भित्र सम्पन्न गर्ने ।
स्वास्थ्य संस्थाहरु तर्फ (स्वास्थ्य मन्त्रालय)
–क्षति ग्रस्त कूल ४६८वटा स्वास्थ्य संस्थाहरु मध्ये ३६८ वटाका लागि सम्झौता भई प्रिफेब संरचनामा २०० वटा स्वास्थ्य संस्थाहरुको निर्माण कार्य सम्पन्न भएको हुँदा बाँकी २६८ वटा स्वास्थ्य संस्थाहरुको प्रिफेव संरचनामा पुनर्निर्माण कार्य २०७३ आषाढ मसान्त सम्म सम्पन्न गर्ने ।
जोखिमः कतिपय स्वास्थ्य संस्थाका लागि जग्गा व्यवस्थापन आवश्यक ।
सरकारी भवन पनुर्निर्माण तथा भूकम्प स्मारकतर्फ
–अत्यावश्यक सेवा सुचारु गर्न प्रिफेव संरचना पुनर्निर्माणतर्फः
–क्षतिग्रस्त कूल १८३ वटा जिल्ला स्तरीय सरकारी कार्यालय मध्ये हाल सम्म १४ वटा कार्यालयका लागि प्रिफेब संरचनामा पुनर्निर्माण कार्य सम्पन्न भएको र बाँकी १६९ वटा जिल्ला कार्यालय आगामी पाँच महिना भित्रमा ८० वटा कार्यालयहरुमा २८८ वटा प्रिफेव भवनहरुको पुनर्निर्माण कार्य सम्पन्न गर्ने । बाँकी रहेका ८९ वटा जिल्ला कार्यालयहरु हाल अन्य कार्यालय भवन/भाडाका भवनमा व्यवस्थापन गरिएको ।
जोखिमः बजेट व्यवस्थापन ।
–जिल्ला स्तरीय १९४ वटा कार्यालय भवनहरुको मर्मत सम्भार र प्रवलीकरण २०७३ मंसिरदेखि सुरु गरी ०७४ आषाढभित्र सम्पन्न गर्ने ।
– क्षतिग्रस्त कूल ४३ वटा केन्द्रिय स्तरका सरकारी भवनहरु मध्ये हालसम्म १८ वटा प्रिफेव संरचनामा सम्पन्न भएका र आगामी ६ महिना भित्र बाँकी माग भएका सबै कार्यालयहरु सोही अवधारणा अनुरुप प्रिफेव संरचनामा पुनर्निर्माण कार्य सम्पन्न गर्ने ।
जोखिमः बजेट व्यवस्थापन ।
– स्थायी संरचना अन्तर्गत जिल्ला स्तरीय कार्यालय भवनहरुतर्फः
– सिन्धुली, रामेछाप, धादिङ, नुवाकोट, लम्जुङ जिल्लाका २० वटा कार्यालय भवनहरुको निर्माण कार्य २०७३ मंसिर महिनाभित्र प्रारम्भ गरी २ वर्षभित्रमा सम्पन्न गर्ने ।
– सिन्धुपाल्चोक, दोलखा, रसुवा जिल्लाका ३४ वटा कार्यालय भवनहरुको निर्माण कार्य २०७३ चैत्र महिनाभित्र प्रारम्भ गरी २ वर्षभित्रमा सम्पन्न गर्ने ।
–ओखलढुङ्गा, गोरखा, काभ्रे जिल्लाका १४ वटा कार्यालय भवनहरुको निर्माणकार्य २०७३ चैत्रभित्र प्रारम्भ गरी २ वर्षभित्रमा सम्पन्न गर्ने ।
–२० वटा जिल्लाका ११५ वटा कार्यालय भवनहरुको निर्माण कार्य २०७४ असार महिनाभित्र प्रारम्भ गरी २ वर्षभित्रमा सम्पन्न गर्ने ।
जोखिमः बजेट व्यवस्थापन ।
– स्थायी संरचना अन्तर्गत केन्द्रिय स्तरका सरकारी भवनहरु मध्ये–
– सिंहदरबारको पूर्वी भागको रेट्रो फिटिङ कार्य मिति २०७३ माघ भित्र प्रारम्भ गरि मिति २०७४ कार्तिक भित्र सम्पन्न गर्ने ।
जोखिम : बजेट व्यवस्थापन ।
–हरिहर भवन र नेपाल राष्ट्र बैंकको भवनहरुको डिजाइन कार्य २०७४ बैशाख भित्र सम्पन्न गरी निर्माण कार्यको प्रारम्भ मिति २०७४ भाद्र महिना भित्र शुरु गर्ने र मिति २०७७ श्रावण महिना भित्र सम्पन्न गर्ने ।
जोखिम : बजेट व्यवस्थापन ।
– बाँकी ४३ वटा केन्द्रिय स्तरका भवनहरुको विस्तृत डिजाइन कार्य २०७४ आषाढ सम्ममा सम्पन्न गरी मिति २०७४ कार्तिक भित्र निर्माण कार्य प्रारम्भ गर्ने र मिति २०७७ कार्तिक भित्र सम्पन्न गर्ने ।
जोखिम : बजेट व्यवस्थापन ।
–वारपाकको भूकम्प स्मृतिपार्कको विस्तृत डिजाइन कार्य मिति २०७३ मंसिर भित्र शुरु गरी मिति २०७३ माघ भित्र सम्पन्न गर्ने र सामुदायिक तहमा हुने निर्माण कार्य मिति २०७३ मंसिर सम्ममा प्रारम्भ गरी सम्पूर्ण निर्माण कार्य मिति २०७६ जेष्ठ सम्ममा सम्पन्न गर्ने ।
जोखिम : बजेट व्यवस्थापन ।
–सिन्धुपाल्चोकको भूकम्पस्मृति पार्कको विस्तृत डिजाइन कार्य मिति २०७३ पौष भित्र शुरु गरी मिति २०७३ चैत्र भित्र सम्पन्न गर्ने र सो को निर्माण कार्य मिति २०७४ श्रावणमा शुरु गरी मिति २०७६ श्रावण भित्र सम्पन्न गर्ने ।
जोखिम : बजेट व्यवस्थापन ।
– क्षतिग्रस्त ३७५ वटा गाविस भवनहरु मध्ये १७८ वटा भवनहरु प्रिफेव वा अन्य स्थानीय सामग्रीद्वारा आगामी मिति २०७३ चैत्रभित्र निर्माण कार्य सम्पन्न गर्ने ।
जोखिम : बजेट व्यवस्थापन ।
पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणतर्फ
–क्षतिग्रस्त विश्वसंपदा सूचिमा रहेका प्राचिन स्मारक तथा पुरातात्विक सम्पदाहरु मध्ये :
– पाटन दरवार क्षेत्र अन्तर्गतका २७ वटा क्षतीग्रस्त पुरातात्विक सम्पदाहरु मध्ये ३ वटाको पुनर्निर्माण कार्य सम्पन्न भएको, ५ वटाको निर्माण कार्य शुरु भएको र सो मिति २०७४ आषाढ मसान्त भित्रमा सम्पन्न गर्ने । साथै ९ वटाको निर्माण कार्य मिति २०७३ चैत भित्र शुरु गरी मिति २०७५ आषाढ मसान्त भित्र सम्पन्न गर्ने ।
बाँकी १० वटा कार्यक्रम प्राथमिकताको आधारमा २०७७ आषाढसम्म सम्पन्न गर्ने ।
जोखिमः भूकम्प प्रतिरोधी डिजाइन, स्थानीय सहयोग र बजेट व्यवस्था ।
–बसन्तपुर दरबार क्षेत्र अन्तर्गतका मूख्य १२ वटा क्षतीग्रस्त पुरातात्विक सम्पदाहरु मध्ये १ वटाको निर्माण कार्य सम्पन्न भएको , ७ वटाको निर्माण कार्य शुरु भएको र सो मध्ये ३ वटाको २०७४ आषाढ मसान्त भित्र र ४ वटाको मिति २०७५ आषाढभित्रमा सम्पन्न गर्ने । साथै ४ वटाको निर्माण कार्य मिति २०७३ चैत महिना भित्र शुरु गरी मिति २०७६ आषाढ भित्र सम्पन्न गर्ने ।
जोखिमः भूकम्प प्रतिरोधी डिजाइन, स्थानीय सहयोग र बजेट व्यवस्था ।
– भक्तपुर दरबार क्षेत्र अन्तर्गतका १९ वटा क्षतीग्रस्त पुरातात्विक सम्पदाहरु मध्ये ३ वटाको निर्माण कार्य सम्पन्न भएको, १२ वटाको निर्माण कार्य शुरु भएको र सो मध्ये ९ वटा मिति २०७४ आषाढ भित्र र ३ वटाको मिति २०७५ आषाढ भित्रमा सम्पन्न गर्ने । साथै ४ वटाको निर्माण कार्य मिति २०७४ श्रावण महिना भित्रमा शुरु गरी मिति २०७६ आषाढभित्र सम्पन्न गर्ने ।
जोखिमः भूकम्प प्रतिरोधी डिजाइन, स्थानीय सहयोग र बजेट व्यवस्था) ।
– स्वयंभू दरवार क्षेत्र अन्तर्गतका ४ वटा क्षतिग्रस्त पुरातात्विक सम्पदाहरु मध्ये ३ वटाको निर्माण कार्य शुरु भएको र सो मिति २०७६ आषाढभित्रमा सम्पन्न गर्ने । साथै बाँकी १ वटाकोे निर्माण कार्य मिति २०७४ आषाढ भित्र शुरु गरी मिति २०७५ आषाढभित्र सम्पन्न गर्ने ।
जोखिमः भूकम्प प्रतिरोधी डिजाइन, स्थानीय सहयोग र बजेट व्यवस्था ।
वौद्धनाथ स्तूपाको पुनर्निर्माण कार्य सम्पन्न भैसकेको ।
– पशुपति क्षेत्र अन्तर्गतका २७ वटा क्षतीग्रस्त पुरातात्विक सम्पदाहरु मध्ये २ वटाको निर्माण कार्य शुरु भएको र सो मिति २०७४ आषाढभित्रमा सम्पन्न गर्ने । साथै १० वटाको निर्माण कार्य मिति २०७४ श्रावण भित्र शुरु गरी मिति २०७५ आषाढ भित्र सम्पन्न गर्ने । साथै अन्य १५ वटा सम्पदाको पूर्वाधार तयार भइ रहेको र सो को निर्माण कार्य २०७४ श्रावणभित्र सुरु गरी २०७६ आषाढभित्र सम्पन्न गर्ने ।
जोखिमः भूकम्प प्रतिरोधी डिजाइन, स्थानीय सहयोग र बजेट व्यवस्था ।
– चाँगुनारायण क्षेत्र अन्तर्गतका ५ वटा क्षतीग्रस्त पुरातात्विक सम्पदाहरु मध्ये १ वटाको निर्माण कार्य सम्पन्न भएको, २ वटाको निर्माण कार्य शुरु भएको र सो मिति २०७४ आषाढ भित्रमा सम्पन्न गर्ने । साथै २ वटाको निर्माण कार्य मिति २०७४ आषाढभित्र शुरु गरी मिति २०७७ आषाढभित्र सम्पन्न गर्ने ।
जोखिमः भूकम्प प्रतिरोधी डिजाइन, स्थानीय सहयोग र बजेट व्यवस्था ।
–विश्व सम्पदा सूचिमा रहेका सातवटै सम्पदा क्षेत्रहरुको गुरुयोजना तयारी कार्य मिति २०७३ माघभित्र शुरु गरी मिति २०७४ आषाढ भित्र तयार गर्ने र मिति २०७४ श्रावण देखि सो अनुरुप पुनर्निर्माण कार्य शुरुवात गर्ने ।
जोखिम : अतिक्रमित जग्गा खाली गराउने र बजेट व्यवस्थपन ।
– विश्व सम्पदा सूचिमा रहेका वाहेकका क्षतिग्रस्त ६४७ वटा संपदाहरु मध्ये १३२ वटा सम्पदाको पुनर्निर्माण कार्य अघि बढाइएको । उक्त मध्ये १ वटाको पुनर्निर्माण कार्य सम्पन्न भएको, ४७ वटाको निर्माण कार्य शुरु भएको र सो मिति २०७५ आषाढभित्र सम्पन्न गर्ने । २०७४ श्रावण भित्रमा ३६ वटा, २०७६ आषाढभित्र थप २२ वटा र २०७८ आषाढभित्र ३३ वटाको पुनर्निर्माण कार्य सम्पन्न गर्ने । बाँकी ५०७ वटा सम्पदाहरु वजेट बिनियोजनको आधारमा २०७४ श्रावणदेखि सुरु गरी २०७७ आषाढ भित्र सम्पन्न गर्ने ।
जोखिमः भूकम्प प्रतिरोधी डिजाइन, स्थानीय सहयोग र बजेट व्यवस्था ।
– धरहराको पुनर्निर्माण कार्यका निम्ति मूल भागको विस्तृत ईन्जिनियरिङ्ग डिजाइन कार्य मिति २०७३ मंसिर मसान्त भित्र सम्पन्न गर्ने । सो को निर्माण कार्यका निम्ति नेपाल टेलिकमसंग मिति २०७३ मंसिर भित्रमा सम्झौता गरी मिति २०७४ आषाढ भित्रमा निर्माण कार्यको शुरुवात गर्ने र मिति २०७७ आषाढ भित्रमा सम्पन्न गर्ने ।
जोखिमः सम्बद्ध निकायका बीच सहमति र डिजाइन कार्य) ।
–स्थानीय समुदायको सहभागिता समेतका आधारमा प्राचिन स्मारकहरुको पुनर्निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउन आगामी दुई महिनाभित्र प्राचिन स्मारक पुनर्निर्माण सम्बन्धी कार्यविधि तयार पारी कार्यान्वयनमा ल्याउने ।
सडक, खानेपानी तथा अन्य पूर्वाधारहरु तर्फ (संबद्ध मन्त्रालयहरु)
–सडक विभाग मार्फत प्रस्तावित १२२ कि.मि. सडक मध्ये ८१ कि.मी. सडकको निर्माण कार्य मिति २०७३ माघभित्र सम्झौता भई २०७६ आषाढसम्ममा सम्पन्न गर्ने र १३ वटा सडकको मर्मत कार्य मिति २०७४ आषाढसम्म सम्पन्न गर्ने ।
जोखिम : बजेट व्यवस्था ।
–पुनर्निर्माणका लागि प्रस्तावित ४७१ कि.मी. सडक मध्ये १८ कि.मी. सडकको निर्माण कार्य २०७३ आश्विन १५ देखि शुरु भएको र आगामी २०७४ जेष्ठ महिना भित्र सम्पन्न गर्ने एवं बाँकी २९५ कि.मी. सडकको निर्माण कार्य चालू आ.व. भित्र शुरु गरी २०७५ भाद्र भित्र सम्पन्न गर्ने ।
जोखिम : बजेट व्यवस्था ।
– खानेपानीतर्फ क्षतिग्रस्त आयोजनाहरु मध्ये २९७ वटा आयोजनाहरुको निर्माण कार्य सम्पन्न भएको र बाँकी ९६१ वटा आयोजनाहरुको कार्यारम्भ भएको र त्यस मध्ये १७६ वटा चालू आर्थिक वर्षमा सम्पन्न हुने । बाँकी अर्काे आ.व. मा सम्पन्न गर्ने लक्ष्य । आ.व. ०७४/०७५मा १५५३ वटा आयोजनाहरु सम्पन्न गर्ने ।
जोखिम : बजेट व्यवस्था ।
प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार १०:३४