काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसले पार्टीको १३ औं महाधिवेशनपछि प्रभावशाली ३ वटा भातृ संस्थाको महाधिवेशन सम्पन्न गरेको छ । तर अझै ३ वटा भ्रातृ संस्थाको महाधिवेशन हुन बाँकी छ । ५ वटा भातृसंस्थाको महाधिवेशन भए–नभएको बारेमा पार्टी केन्द्रीय कार्यालयलाई समेत कुनै जानकारी छैन् ।
तत्कालीन अवस्थामा नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसका बीचमा एकता भएपछि महाधिवेशन हुन नसकेका प्रभावशाली ३ वटा भ्रातृ संगठन सहित ४ वटा भ्रातृसंगठनको महाधिवेशन सम्पन्न भएको छ । १३ औं महाधिवेशनपछि पहिलो पटक बसेको केन्द्रीय समितिको बैठकले ६ महिनाभित्र सबै भातृ संस्थाको महाधिवेशन गराउने निर्णय गरेको थियो तर पार्टी केन्द्रीय समितिको सो निर्णयको ६ महिना बितिसक्दा समेत कांग्रेसले प्रभावशाली बाहेकका भ्रातृसंस्थाको भन्दा अरुको महाधिवेशन गर्ने तयारी समेत गरेको छैन ।
नेपाली कांग्रेसले १३ औं महाधिवेशनपछि १३ वटा भ्रातृसंस्थामध्ये नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दलको महाधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको महाधिवेशन लगतै भूतपूर्व सैनिक संघले आफ्नो महाधिवेशन सम्पन्न गरेको थियो । तर अझै किसान संघ, प्रजातन्त्र सेनानी संघ, आदिवासी जनजाति संघको भने महाधिवेशन मिति समेत तय हुन सकेको छैन् ।
यी मध्ये किसान संघ र आदिवासी जनजाति संघ स्थानीय अधिवेशन गर्दैछन् । प्रजातन्त्र सेनानी संघले जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । किसान संघको सभापतिमा भानु सिग्देल, आदिवासी जनजाति संघको अध्यक्षमा इन्द्रबहादुर गुरुङ र प्रजातन्त्र सेनानी संघको अध्यक्षमा टंकप्रसाद कंडेल छन् ।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, मुस्लिम संघ, नेपाल तमाङ संघ, नेपाल राष्ट्रिय मगर संघ, नेपाल ठाकुर समाजको भने भ्रातृसंस्थाको मान्यता पाएपछि महाधिवेशन भए–नभएको कुनै रेकर्ड पार्टी कार्यालयमा नभएको स्रोतले बतायो
यी तीन वटै भ्रातृसंगठनको नेतृत्व ६ महिनामा अधिवेशन गराउने गरी तत्कालिन सभापति सुशील कोइरालाले नेपाल विद्यार्थी संघ महिला संघ तथा तरुण दलको नेतृत्वसंग जिम्मेवारी दिएका थिए ।
यी मध्ये नेपाल दलित संघले भने तदर्थ समितिलाई दिएको जिम्मेवारी पूरा गर्दै ६ महिनामा नै महाधिवेशन सम्पन्न गरिसकेको थियो । दलित संघको झापामा सम्पन्न महाधिवेशनले दोश्रो कार्यकालका लागि मीन विश्वकर्मालाई निर्वाचित गरेको थियो । नेपाल विद्यार्थी संघको महाधिवेशन पनि पटक–पटक तोकिदै स्थागित हुँदै आएको थियो ।
पहिलो पटक २०६६ साल वैशाख २१ जेठ एक गतेको पार्टीको निर्णय अनुसार गठन भएका ५ वटा संस्थाको भने अधिवेशन भए नभएको पार्टी केन्द्रीय कार्यालयमा कुनै रेकर्ड छैन् । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, मुस्लिम संघ, नेपाल तमाङ संघ, नेपाल राष्ट्रिय मगर संघ, नेपाल ठाकुर समाजको भने भ्रातृसंस्थाको मान्यता पाएपछि महाधिवेशन भए–नभएको कुनै रेकर्ड पार्टी कार्यालयमा नभएको स्रोतले बतायो ।
अपाङ्ग संघको अध्यक्षमा भोजराज श्रेष्ठ, मुस्लिम संघमा अब्दुल सतार, तमाङ संघमा कवेलमान तामाङ र मगरसंघमा गणेशबहादुर थापा मगर तथा ठाकुर समाजमा अनिरुद्र ठाकुर अध्यक्ष छन् । नेपाली कांग्रेसका १३ वटा भ्रतृ तथा १७ वटा शुभेच्छुक संस्था रहेका छन् ।
प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार १६:५६