काठमाडौ २८ कात्तिक । नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको राजधानी काठमाडौँ सहित देशभर आंशिक प्रभाव परेको छ । खाद्य सुरक्षाको माग गर्दै चन्द माओवादीले गरेको बन्दका कारण काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधान सामान्य चलेका छन् भने, निजी नम्बर प्लेटका सवारी साधन फाट्टफुट्ट रुपमा चलेका छन् ।
बन्दका कारण भने राजधानी लगाएतका देशैभरीका विद्यालय, क्याम्पस, पसल, कलकारखाना बन्द भएका छन् । बन्द बिहान ५ बजे देखी साँझ ४ बजेसम्म रहने माओवादीले जनाएको छ । बन्दमा पत्रकार, मानव अधिकारवादी कुटनितिक नियोगका सवारी, खानेपानीका ट्यान्कर, एम्बुलेन्सलाई निर्वाद रुपमा चल्नदिने चन्द्र माओवादीले जनाएको छ ।
यसैबीच– महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले काठमाडौँका विभिन्न स्थानबाट एक सय भन्दा धेरै बन्दकर्ता पक्राउ परेको जानकारी दिए । कलङ्की, कोटेश्वर, महाराजगन्ज, चावहिललगायतका क्षेत्रबाट बन्दकर्ता पक्राउ परेको उनले बताए ।
उता मोरङमा बन्द गराउँदै हिँड्ने नेकपा–माओवादीका ११ जना पक्राउ परेका छन् । बजार, पसल तथा सवारी साधन बन्द गर्दै हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।
पक्राउ परेका सबै जनालाई वडा प्रहरी कार्यालय विराटनगरको हिरासतमा राखिएको छ ।
यसैबीच सिन्धुलीको भद्रकाली ३ चियाबारीमा आज बिहानै एउटा स्कारपियो गाडीमा आगजानी गर्ने एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
काठमाण्डौबाट सिरहाको गोलबजारका लागि हिडेको स १ च ११४४ नम्बरको स्कारपियोमा आगजानी गर्न संलग्न हरीहरपुर गढी ३ का तिर्थ बहादुर मोक्तानलाई नियन्त्रणमा लिएको सिन्धुली प्रहरीले जनाएको छ । आगजानीबाट स्कारपियो पूर्ण रुपमा क्षति भएको प्रहरीको भनाई छ ।
उता– सिन्धुलीमा आज बिहान चन्द नेतृत्वको माओवादीका कार्यकर्ताले एउटा बलेरो जिपमा आगजनी गरेका छन् । काठमाडौँबाट सिरहा जाँदै गरेको स १ च ११४४ नंको बलेरोमा बन्दकर्ताले आगजनी गर्दा बलेरो पुर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।
यसैबीच – नेपाल बन्दको आह्वान गरेसँगै उपत्यका भित्रिने सवारी साधनलाई नेपाल प्रहरीले स्कर्टिङ गर्दै कलंकीसम्म ल्याउने व्यवस्था मिलाएको छ । थानकोट प्रहरीले उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई स्कर्टिङ गर्दै जाने आउने व्यवस्था मिलाएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रकाश अर्यालले जानकारी दिए ।
माओवादीले गरेको बन्दको आह्वानसँगै काठमाडौं उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ । उपत्यकाका चोक–चोक तथा भित्रि गल्लीमा सादा पोशाकमा प्रहरी खटिएका छन् । बन्दको प्रभावले उपत्यकाको सडकमा निकै न्यून संख्यामा सवारी साधन गुडिरहेकाले आवगमन सामान्य रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
उता नेत्र बिक्रम चन्द नेत्रित्वको नेकपा –माओवादी)ले गरेको बन्दले सर्वसाधरण मर्कामा परेको भन्दै पोखराका स्थानीय बन्दको बिरोधमा उत्रिएका छन् । बन्द सधैका लागि बन्द गरिनुपर्ने भन्दै बन्दको बिरोधमा उत्रिएका हुन् । पोखरालाई बन्द निशेधित क्षेत्र बनाउनुपर्ने भन्दै उनीहरुको बन्दको बिरोधमा उत्रिएका हुन् ।
प्रकाशित मिति: २८ कार्तिक २०७३, आईतवार १५:३९