पर्सा, २६ कात्तिक । दुई महिना लामो छलफल र दर्जनौँ बैठकपछि नेपाली काँग्रेसको भ्रातृ सङ्गठन तरुण दल, पर्साको नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको छ । पार्टीका नेताबीच भएको पटकपटकको बैठक र छलफलपछि तरुण दल जिल्ला कार्यसमितिलाई निर्विरोध चयन गर्ने सहमति भएको हो ।
वीरगन्जमा बिहीबार सम्पन्न भएको तरुण दल पर्साको जिल्ला अधिवेशनले वीरेन्द्र पटेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जिल्ला अधिवेशनले तरुण दल, पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा आनन्द चौधरी, सचिवमा विवेककुमार चौरसिया, कोषाध्यक्षमा बालिस्टर साह कानुलाई सर्वसम्मत निर्वाचित गरेको अध्यक्ष पटेलले आज प्रकाशित गरेकाे विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै, जिल्ला अधिवेशनले तरुण दलको केन्द्रीय पार्षदमा हुकुम सिंह, महिला केन्द्रीय पार्षदमा अनामिकाकुमारी यादव, महिला महाधिवेशन प्रतिनिधि (खुल्ला)मा सवितादेवी सिंह, महिला महाधिवेशन प्रतिनिधि (समावेशी)मा शोभा देवी, समावेशी महाधिवेशन प्रतिनिधिमा विजय सिंह, दलित महाधिवेशन प्रतिनिधिमा देवेन्द्र सिंह बल (कालु) र आरक्षित महाधिवेशन प्रतिनिधिमा सावीर अहम्मद एराजलाई सर्वसम्मतरुपमा निर्वाचित गरिएको अध्यक्ष पटेलले जानकारी दिए ।
जिल्ला अधिवेशनले पर्सामा रहेको एक उपमहानगरपालिका तथा एक नगरपालिकासहित पाँचवटा निर्वाचन क्षेत्रका लागि क्षेत्रीय अध्यक्ष समेतलाई सर्वसम्मत नै चयन गरेको जिल्ला अध्यक्ष पटेलले बताए । उनले तरुण दलको वीरगन्ज उपमहानगरपालिकाको नगर अध्यक्षमा अजयकुमार गुप्ता र पोखरिया नगरपालिकाको नगर अध्यक्षमा रामश्रै वैठालाई चयन गरेको जानकारी दिए ।
त्यसैगरी, १ नं क्षेत्रको क्षेत्रीय अध्यक्षमा दशरथ पटेल, क्षेत्र नं २ मा अनिल यादव, क्षेत्र नं ३ मा सुरेन्द्र सिंह, क्षेत्र नं ४ मा फणिन्द्रप्रसाद पटेल र क्षेत्र नं ५ को क्षेत्रीय अध्यक्षमा अशोक पटेललाई चयन गरिएको अध्यक्ष पटेलले बताए । रासस