एजेन्सी, २४ कार्तिक । अर्बपति व्यापारी डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्।डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै रिपब्लिकन उम्मेदवार ट्रम्प विजयी भएका हुन् । राष्ट्रपति हुन आवश्यक २ सय ७० इलेक्टोरल कलेज बराबरको मत आवश्यक हुनेमा सबै मत गणना भैसक्नुअघि नै ट्रम्पले २ सय ७६ मत ल्याएको वासिङ्टन पोष्टले जनाएको छ ।
क्लिन्टनले जम्मा २ सय १५ इलेक्ट्रोरल भोट प्राप्त गरेकी छिन् । ट्रम्पले फ्लोरिडा, ओहाहियो, पेन्सलभेनिया, मिचिगन, विस्कनसिनमा जितेपछिे जित सुनिश्चित भएको हो ।
उनको जित सँगै उनका उनका समर्थकहरुले विजयी ¥याली निकालेका छन् । यता क्लिन्टनका समर्थक भने निशार देखिएका छन् । डेमोक्रेटिक उम्मेदवार क्लिन्टनले भने भर्जिनिया, न्युयोक, न्युजर्सी, म्यारिल्याण्ड लगायतका राज्यमा जित हासिल गरेपनि ग्रामिण क्षेत्रको भोट भने आफ्नो पक्षमा पार्न सकिनन् ।
यसैबीच अमेरिकी राष्ट्रपतीय पदको निर्वाचनको मतपरिणाम आउदै गर्दा अमेरिकी डलरको भाउ घटेको छ ।
राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएसँगै त्यसको असर डलरमा परेको हो । साथै शेयर बजार पनि ओरालो लागेको छ ।
यसैबीच नेपालमा एकै दिन सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ५६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज ५८ हजार २ सय रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार १३:३९