अस्ट्रेलिया, २३ कात्तिक । ब्रिसबेन, सिडनी र मेलवर्नमा हरेक दुर्इ बर्षमा भब्य रुपमा आयोजना हुने नेपाल महोत्सव यस्तो पर्व हो जसले यहाँंका अस्ट्रेलियन र अन्य पर्यटकहरुलाई समेत नेपाल चिनाउने महत्वपुर्ण भुमिका खेल्ने गर्छ । हो नेपाल महोत्सव यस पटक महिनाभर अस्ट्रेलियाका भिन्न शहरहरुमा आयोजना हुदैछन् ।
निकट भबिष्यमा आयोजना हुने यो महोत्सवलाई भब्य र सब्य बनाउन यहाको सिंगो नेपालप् समुदाय यतिखेर लागि परेको छ । नोभेम्बर १२ अर्थात आउँंदो शनिबार क्वीन्सल्यान्ड राज्यको ब्रिसबेनमा आयोजना हुने महोत्सवमा करिब २० हजार दर्शकको अपेक्षा गरिएको छ । किङ्ग र्जोज स्क्वायरमा आयोजना हुने महोत्सवमा नेपाली खाना, कला संस्कृती र हाम्रा पहिरन तथा झाँंकीहरुले ब्रिसब्नबासीलाई नेपाल नजिक पुरयाउने छ ।
एनआरएनए क्वीन्सल्यान्ड कोर्डिनेशन कमिटीको आयोजना तथा नेपाली राजदुतावास , पर्यटन बोर्ड र क्वाीन्सल्यान्डका बिभिन्न नेपाली संघ संस्थाको सहयोगमा यस पटकको महोत्सव हेर्न लायक हुने यसका संयोजक तथा एनआरएनएका उपाध्यक्ष अभिमानसिंह बस्नेत बताउँछन् । उनको शब्दमा भन्ने हो भने , महोत्सव नेपाल र नेपाली कलासंस्कृतीको सबैभन्दा ठुलो उत्सब र आँंखीझ्याल हो ।
महोत्सवको एक दिन अघि नेपाल र नेपाली कलासंस्कृती झल्काउने नेपाल परेडको आयोजना गरिने र महोत्सवको एक दिनपछि दक्षता अभिबृद्धी र शिप हस्तान्तरण सम्वन्धि एक दिने छलफलको समेत आयोजना गरिन लागेको संयोजक बस्नेतले बताए ।
अष्ट्रेलियाको सरकारी, गैरसरकारी, अनुसन्धान संस्थाहरु, विश्वविद्यालयमा काम गर्ने विज्ञहरु सम्मिलित उक्त कार्यशालाले नेपालको पुनर्निर्माण र विकासमा योगदान र्पुयाउन महत्वपूर्ण भूमिका खेल्ने बस्नेतले बताए ।
एनआरएन अस्ट्रेलियाले आयोजना गर्न लागेको यस कार्यशालामा नेपालको प्रकोप व्यवस्थापन, विद्युतीय सुशासन, पुननिर्माण, यातायात ब्यवस्था र सुरक्षा, आमसञ्चार, नीति निर्माण लगायतका बिषयमा १ दर्जन बढी कार्यपत्रहरु प्रस्तुत गरिदैछ । महोत्सवको आकर्षकका रुपमा नेपालवाट चर्चित ब्यान्ड कन्दरा र गायक सुगम पोखरेलका साथ अन्जु पन्तले आफ्ना गायकी प्रस्तुत गर्ने भएका छन ।
एनआरएनका कोषाध्यक्ष डिला खरेलले यस्ता महोत्सवहरु संसारभरनै गरिनुपर्ने जिकिर गरे । बिदेशमा बसेर मुलुकका लागि गर्ने भनेको यो एउटा महत्वपुर्ण काम हो ,कम्तीमा चार जना पर्यटक नेपाल पठाउन सक्नुभयो भने मुलुकको पर्यटनले काचुँंली फेर्न सक्छ । हामीले गरेका साना प्रयासहरु मुलुकका लागि ठुला हुने बताउछन कोषाध्यक्ष खरेल ।
यस्तै नोभेम्बर २६ तारिखका दिन सिड्नीको ब्यस्त पर्यटकिय नगरी डार्लिङ हार्वरमा नेपाल महोत्सवको आयोजना गरिदैछ । करिब पचास हजार दर्शकले अवलोकन गर्ने एक दिने यस महोत्सवको तयारी लगभग पुरा भैसकेको यसका संयोजक तथा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले बताए ।
कार्यक्रमलाई भब्य र सब्य बनाउन सबै समितीहरुले काम गरिरहेको र यस पटक मुलुक चिनाउने नया अभियान सहित महोत्सव अगाडि बढेको पोखरेलले बताए । उनले बिदेशी संचार माध्यमलाई निमन्त्रणा गरेर नेपाल र नेपालीको पहिचान अभिबृद्धीको नौलो प्रयासको थालनी गर्न लागेको बताए । त्यसका लागि जर्मन न्युज एजेन्सी डुचे प्रेशका अस्ट्रेलिया संवादाता सुबेल राजभण्डारीको संयोजकत्वमा सबे अस्ट्रेलियन प्रेशलाई निम्ता गर्ने काम समेत भैसकेको पोखरेलले बताए ।
महोत्सवको मुल उदेस्य भनेको मुलुकको पर्यटन पर्वधन गर्नु हो, हामीले महोत्सवमा सहभागी गराएर मात्र नभइ यहाको पत्रपत्रिका मार्फत प्रचार प्रसारवाट पनि नेपाल पर्वधनको लक्ष्य लिएका छौ । यसै गरी मेलवर्नमा भने महोत्सव आउदो डिसेम्बर १७ मा आयोजना हुने छ । फेडरेसन स्क्वायरमा आयोजना हुने महोत्सवमा यस पटक बिशेष कार्यक्रमका साथ आयोजना गरिने भएको छ ।
एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल महोत्सवको आयोजनाले मुलुक चिनाउनुका साथै प्रवासमा हाम्रो कला संस्कृती र पहिचानको रक्षा हुने कुरा बताउछन । नेपाल भन्दा बाहिर आयोजना गरिने महोत्सवहरुमा अस्ट्रेलियामा नै संभवत सर्वाधिक सहभािगता रहने ठोकुवा गर्दै अध्यक्ष सुरेन्द्र भन्छन ,मुलुकको प्रर्वधनका लागि एनआरएनको यो कर्तब्य पनि हो ।
सीड्नीमा आयोजना हुने महोत्सवका एकै दिन कम्तीमा तिस देखि ३५ हजारको सहभागिता रहने गर्दछ । एनआरएनएका सचीब टोनु गोथानेले महोत्सवले भुकम्पको पुननिमार्णवाट गुज्रीरहेको मुलुकमा पर्यटन भित्र्याउन केहि हदसम्म भुमिका निर्वाह गर्ने बताए । बिदेशमा एनआरएनले मुलुकको पर्यटन पर्वधनका लागि आयोजना गर्ने यस्ता महोत्सवले मुलुकलाई टेवा पुग्ने टोनुले सुनाए ।
प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलवार १६:५२