काठमाडौ १८ कात्तिक । तीन दिने राजकिय भ्रमणमा नेपाल आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज पनि दिन भरी विभिन्न कार्यक्रममा व्यस्त हुने भएका छन। पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्ने छन् ।
बिहान १० बजेपछि राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्नुहुने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले जानकारी दिए । आज बिहान पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि नेपाल वेद विद्याश्रमका १०८ जना वटुकले स्वागतमा विशेष स्वस्ति वाचन गर्ने कार्यक्रम छ ।
गार्गी कन्या गुरुकुलका छात्राले पनि पशुपति परिसरको दायाँबायाँ बसी उहाँको स्वागत गर्नेछन् । राष्ट्रपति मुखर्जी गौशाला चोकबाट पशुपति परिसरमा प्रवेश गरेपछि उनको स्वागतमा धिमे बाजा, पञ्चेबाजालगायत बाजागाजा एवम् मौलिक धुन प्रस्तुत गरिने पनि कोषले जनाएको छ ।
स्थानीयवासी एवम् दर्शनार्थीले पशुपति परिसरमा उभिएर राष्ट्रपति मुखर्जीको स्वागत गर्नेछन् । पशुपतिमा विशेष पूजाको तयारीस्वरुप प्रवेशद्वारको निर्माण, सरसफाइलगायत काम सम्पन्न भएको छ ।
पुजा सम्पन्न भएपछि कोषकातर्फबाट उपहारस्वरुप मायाको चिनो प्रदान गर्नै कार्याक्रम रहेको छ ।
आज बिहानको विशेष पूजालाई मध्यनजर गरी पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।
भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा काठमाडौँ विश्वविद्यालयले मानार्थ प्रदान गर्ने विद्यावारिधि उपाधि प्रदान गर्ने छ । त्यस्तै काठमाडौँ महानगरपालिकाले आयोजित नागरिक अभिनन्दन समारोहको पनि आयोजना गरेको छ ।
भारतीय राष्ट्रपति मुखर्जीले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालामा सम्बोधन गर्ने छन् । विभिन्न कार्यक्रममा सहभागि भएपछि वेलुकी राजनीतिक दलहरुसंग भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति मुखर्जीसित नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेसवादी दलका शीर्ष नेतृत्वसंग भेट्ने कार्याक्रम रहेको छ । उनले हिजो राष्ट्रपति विद्यादेबी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरिसेका छन् ।
भोलि जनकपुर र पोखरामा हुने विशेष कार्याक्रममा सहभागि भएपछि स्वदेश फर्किने कार्याक्रम तयभएको छ ।
भारतीय राष्ट्रपति मुखर्जीको सवारीलाई मध्यनजर गर्दैआज पनि विभिन्न ठाउँमा सवारी सन्चालनका रोक लगाइएको छ ।
कताको बाटो बन्द ?
भारतीय राष्ट्रपति मुर्खजीको सवारीलाई मध्यनजर गर्दै बिहान ९ बजेदेखि ११ बजेसम्मः बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, थापाथली, जोरपाटी क्षेत्रसम्म बिहान पौने १० बजेदेखि दिउँसो पौने २ बजेसम्मः बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार,भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर,शंखमुल, नागस्थान, न्युरोड क्षेत्रसम्म सवारी संचालनमा रोक लगाइएको छ ।
दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली,जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रर्दशनीमार्ग क्षेत्रसम्म सवारी संचालनमा रोक लगाइएको छ ।
साँझ ५ बजेदेखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, नागस्थान, ठमेल, क्षेत्रसम्म सवारी संचालनमा रोक लगाइएको छ ।
साँझसाढे ६ बजे देखि बेलुकी साढे ८ बजे सम्मः बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, थापाथलि, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल, कोटेश्वर, पुरानो बानेश्वर र शंखमुल क्षेत्रसम्म सवारी संचालनमा रोक लगाइएको छ ।
भोलि १९ गते भने बेलुकी पौने ८ बजेदेखि पौने १० बजेसम्मः बौद्ध, मित्रपार्क, चावहिल, गौशाला, एयरपोर्ट, बत्तिस पुतली क्षेत्रमा सवारी संचालनमा रोक लगाइएको छ । ।
प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहीबार ०८:१३