क्लबले विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सहयोग तथा जाडो समयका लागि न्यानो कपडा वितरण गरेको हो । अस्टे«लियन नागरिक डियना धुनमको सौजन्यमा क्लबले विद्यार्थीलाई विद्यालय पोसाक, सरसफाइका सामग्री, तन्ना, मफलरलगायतका सामग्री वितरण गरेको हो । क्लबले विद्यालय पोसाकको लागि प्रतिव्यक्ति रु ५०० नगद पनि हस्तान्तरण गरेको छ ।
कार्यक्रममा विद्यार्थीलाई कपडा हस्तान्तरण गर्दै धुनमले सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताइन् । नेपाल र नेपालीको खुलेरै प्रशंसा गर्दै उनले दृष्टिविहीनलाई आफूले अस्टे«लियाबाटै ल्याएको मफलर वितरण गरेको उल्लेख गरीन् ।
क्लबको सहयोगबाट खुसी भएका विद्यार्थीले आफ्नो शैक्षिक गतिविधिलाई सहज बनाउन सहयोग लिएर आउने गरेका सहयोगदाताको सम्मानमा साङ्गीतिक प्रस्तुति गरेका थिए । अपाङ्ग भएकालाई राज्यले प्राथमिकता देखाएको जस्तो गरे पनि दोस्रो दर्जासरह व्यवहार गरेको भन्दै उनीहरुले आफ्नो प्रस्तुतिमा समस्या, गुनासोलाई समेत गीतको माध्यमबाट सुनाएका थिए ।
कार्यक्रमका लागि धुनमले रु १० हजार, लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष प्रेम गुरुङ माइलाले रु १० हजार, क्लबका सदस्यले दसैँमा जम्मा गरेको दक्षिणाबाट रु पाँच हजार, चन्द्रबहादुर क्षेत्रीले रु ९००, माधव पौडेलले रु ७०० सहयोग गरेका थिए ।
उक्त विद्यालयमा चालु शैक्षिक सत्रदेखि दृष्टिविहीनलाई अध्यापन गराइँदै आएको छ । रासस