सुर्खेत, २ कात्तिक । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले आफुले बनाएको योजना मुताबिक काम गर्न पाए निरपेक्ष गरिबीको रेखामुनी रहेका गरिबहरुलाई ४ देखि ५ वर्ष भित्रमा गरिबी मुक्त गर्ने दाबी गरेका छन् ।
गरिबहरुलाई परिचयपत्र मात्र बाँडेर सरकारको जिम्मेवारी पूरा नहुने भन्दै मन्त्री थानीले आफ्नो योजना अनुसार काम गर्न पाए ४ देखि ५ वर्षमा गरिबी निवारण गराउने दाबी गरेका हुन् ।
गरिबी निवारणका लागि आफुले शुरुदेखि नै प्रयास शुरु गरेपनि मन्त्रालय पिच्छे कार्यक्रम छरिएर रहेकाले सबैभन्दा पहिला त्यसलाई एकत्रित गरी एकद्धार प्रणालीबाट गरिबी निवारणको काम थालनी गराउने बताए ।
सुर्खेत उद्योग वाणिज्य संघले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा मन्त्री थानीले गरिबी निवारणका लागि आपूmले थुप्रै कार्य योजना बनाएपनि म्यादी सरकार भन्दै आलोचना र अवरोध गर्न खोजिएको गुनासो गरे ।
जिल्लावासीको साथ र सहयोगमा आप्mनो पद र प्रतिष्ठालाई दाउमा राखेर लडेरै ल्याएको छैठौं प्रदेश र त्यसको सम्भावित राजधानीका रुपमा रहेको सुर्खेतमा पूर्वाधार विकास हुनु सुखद पक्ष भएको उनको भनाई छ ।
सुर्खेतमाफोर लेन सडक, मेडिकलकलेज, १ हजार विगाहाको औद्योगिक क्षेत्रलगायतकापूर्वाधार बन्दै गएको उल्लेख गर्दै मन्त्रीथानीले अब अन्तर्राष्टिय स्तरको विमानस्थलका लागि जिल्लावासी एकजुटहुनुपर्ने आवश्यक्ता औल्याए ।
पूर्वको मदानेचौरमा सम्भव नभए काँक्रेविहार देखि तल्लो भागमा अन्तर्राष्टिय विमानस्थल बनाउन सकिने नयाँ प्रस्तावअघि सार्दै मन्त्री थानीले त्यसका लागि हरसम्भव सहयोग गर्न आपूm तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले छैठौं प्रदेश स्थापनाका लागि नेतृत्व लिएकोमा मन्त्री थानीलाई धन्यवाद दिंदै अब आर्थिक उन्नति र प्रगतिका लागि पनि नेतृत्व लिन आग्रह गरे ।
यस्तै, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले अब राजनीतिक परिवर्तनका लागि नभई आर्थिक परिवर्तनका लागि राजनीतिक नेतृत्वले सोच्नुपर्नेमा जोड दिए ।
यसैगरी संघका वाणिज्य उपाध्यक्ष धनबहादुर रावतले विकास र आर्थिक गतिविधिमा पछाडि परेको सुर्खेत लगायत छैठौं प्रदेशले राजनीतिक नेतृत्वबाट धेरै अपेक्षा गरेको उल्लेख गरे ।
संघका महासचिव गोपालकृष्ण गिरीले आर्थिक विकासले मात्रै सबै क्षेत्रको विकास हुने भएकाले त्यस तर्फ पहल गर्न आग्रह गरे । कार्यक्रममा संघकापूर्व पदाधिकारी, सल्लाहकार, विभिन्नवस्तुगत समितिका पदाधिकारी तथा व्यापारीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलवार १७:१९