काठमाडौं । भारतीय टिभी च्यानल स्टार प्लसबाट प्रशारण भएको रियालिटी शो ‘डान्स प्लस सिजन–२ मा धमका मच्चाएर चर्चामा आएको नेपालबाट सहभागिता भएको एक समूह ‘द वाइल्ड रिपर्च क्रिउ’ ले गिनिज वोर्ल्ड रेकर्डमा नाम लेखाउन लागेको नेपाली चलचित्रमा डेब्यु गर्ने भएको छ ।
विश्वमैं पहिलोपटक एउटै दृश्य (वान सट) मा खिचिन लागेको २ भागको (sequel) चलचित्र ‘जालो र जालो रिटर्न्स’ मा ‘द वाइल्ड रिपर्च क्रिउ’ को समुहले डेब्यु गर्न लागेको हो । अराज केशव र मोहीत मुनालको संयुत्त लगानी रहेको चलचित्र जालोको लिरिकल भिडियोमा डान्सर ग्रुपहरुले कभर डान्स प्रतियोगीता गराउने भएका हुन् । प्रतियोगीतामा उत्कृष्ट प्रथम ,द्धितिय टोलीले जालो र जालो रिर्टन्समा कोरियोग्राफरका साथै ग्रुपलाई नै गीत छायाँकन गराउने छन् ।
अराज केशवको निर्देशनमा बन्न लागेको चलचित्रमा रेमोन दास श्रेष्ठ अनुपविक्रम शाही, रबिन्द्र खड्का, आशिफ शाह, निर शाह, भानु प्रताप, मेनुका प्रधान, मुना गौचन , प्रकाश श्रेष्ठ, मुक्ताराम आचार्य, भिष्म जोशीको मुख्य भूमिका रहनेछ ।
प्रेम,कमेडी को साथै सस्पेन्स थ्रिलर मा तयार हुने दुवै चलचित्र वान टेकमा खिचिने छ । चलचित्र कार्तिकको २५ बाट वर्कसप संगै सुटिङ सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ।
जालोको लिरिकल गीत भने सार्वजानिक भै सकेको छ । मोहित मुनाल र सुनिता थेगिमको आवाजमा रहेको ‘बाउ बाजेको पालाको’ बोलको गीत सार्वजानिक भएको हो । ‘जालो र जालो रिटर्न्स’ डेब्यु गर्न लागेको ‘द वाइल्ड रिपर्च क्रिउ’ रियालिटी शोमा ‘डान्स प्लस सिजन–२ को उपविजेता बनेको थियो ।
हिपहप डान्स ग्रुप नामले पनि चिनिने वाइल्ड रिपर्ज क्रु ले डेल डान्स कम्पिटिसन २०१२, अल नेपाल उर्बन स्ट्रिट डान्स कम्पिटिसन २०१३ लगायत थुप्रै उपाधि हात पारिसकेको छ । दुई वर्षबीचमा क्रु ले अल इन्डिया भि फेष्ट २०१५, युडिएमएस मुम्बई च्याम्पियन्सिप २०१४ र इन्डिया वेस्ट डान्स क्रु २०१६ जस्ता महत्वपूर्ण उपाधि जितेको छ ।
क्रु टिममा जम्मा ९ जना सदस्य छन् । र सबै सदस्य काठमाडौं, धनगडी र बुटवल गरी तीन सहरबाट रहेका छन् । क्रु टिममा बुद्ध लामा, रोन सिंह, किरण थापा, सुरेन राई र सन्तोष दर्जी छन्, यसैगरि साउल जेम्स बोडी, सागर राई, सुमन तामाङ र सुरज थापा मगर पनि क्रु टिममा छन् ।
प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलवार १६:१२