अस्ट्रेलिया, १ कात्तिक । एनआरएन पुनर्निर्माण समितिले च्यारीटी डिनरको आयोजना गर्दै लाप्राकको एक स्कुलको पुनर्निर्माणका लागि करिब साढे सात लाख संकलन गरेको छ ।
सिड्नीमा आयोजित रात्री भोजमा लेबरका सिनेटर साम डास्टीयारी लगायत राजनीतिक पार्टीका प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो ।
पुनर्निर्माण समितिका संयोजक गणेश केसीले लेबरका सिनेटर साम नेपाल भ्रमणको दौरान लाप्राक पुगेकोले उनको प्रभावकारी सहभागिता रहेको बताए । उनले नेपाल र नेपालीको हितका लागि कुनै पनि दल र ब्यक्ति अनि संस्थाले कार्यक्रम ल्याएपनि समिति हातेमालो गर्न तयार रहेको बताए । गणेशले चाडबाडका बिचपनि नेपाली समुदायका अगुवाहरुले समय दिएर कार्यक्रम सफल बनाइ दिएकोमा धन्यबाद ज्ञापन गरे ।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका कार्यवाहक अध्यक्ष दिनेश पोखरेलले स्कुलको पुनर्निर्माणमा आवश्यक सहयोगमा एनआरएनपनि तयार रहेको र थप सहयोगको लागि तयार रहेको बताए । स्कुलको सहयोगको लागि सिड्नीको माछापुच्छ्रे क्लबले पनि सहयोग गरेको केसीले सुनाए ।
कर्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुतावासका कार्यवाहक राजदुत राजेन्द्र पाण्डे, सचिब टोनु गोथाने, कोषाध्यक्ष डिला खरेल, सचिब भिष्म भण्डारी, प्रबक्ता ज्ञानेन्द्र रेग्मी, आइसीसी सदस्य धर्मराज अधिकारी, प्रेम सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: १ कार्तिक २०७३, सोमबार ०७:४२