त्यसरी रिहा हुनेहरुमा डाँका चोरी मुद्दाका पाँच, ज्यान मुद्दाका एकजना रहेका छन् ।
डुबिडाँडा–२ रोल्पाका ज्ञानबहादुर बस्नेत र ओमप्रकाश बस्नेत, जुगेडा–८ अर्घाखाँचीका दोर्णबहादुर वीरकट्टा मगर, तिलपुङ–३, रामेछापका सञ्जय भनिने दीपक राना, सौडियार–७, दाङका लोकराज कँवर डाँका चोरी मुद्दाअन्तर्गत कैद भुक्तान गरिरहेको अवस्थामा बाँकी कैद मिनाहामा परी रिहा भएका हुन् ।
यसैगरी, घोराही–१ दाङका मङ्गल चौधरी कर्तव्य ज्यान मुद्दाअन्तर्गत कैद भुक्तान गर्दागर्दै बाँकी कैद मिनाहा भई रिहा भएको जिल्ला कारागार शाखा रोल्पाका प्रहरी सहायक निरीक्षक कुलबहादुर रावतले जानकारी दिएका छन् ।
उनीहरुलाई यसपटक बाँकी कैद मिनाहा दिइए पनि अर्कोपटक पुनः मुद्दा परे पटके मुद्दाअन्तर्गत दोब्बर सजाय हुने रावतले जानकारी दिए ।
कारागार शाखा रोल्पामा हाल थुनुवा तीन र कैदी छसहित नौजना महिला रहेका छन् भने आठ थुनुवा र ५९ कैदीसमेत ६७ जना पुरुष रहेका छन् । यसैगरी, सो कारागारमा तीनजना नाबालकसहित जम्मा ७९ जना थुनुवा एवम् कैदी रहेको जिप्रका, रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए ।
हरेक वर्ष सरकारले विभिन्न राष्ट्रिय पर्वको अवसर पारेर कैदीबन्दीलाई रिहा गर्दै आएको छ । रासस