सुर्खेत, २२ असोज । सुर्खेत उद्योग वाणिज्य संघले चाडपर्वको अवसर पारेर कारागारमा रहेका कैदी वन्दीलाई खसी उपहार तथा प्रशान्ति वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई भोजन गराएको छ ।
कारागारमा रहेका कैदी वन्दीलाई खसी उपहार दिने विगतदेखिको परम्परालाई निरन्तरता दिंदै संघका अध्यक्ष प्रकाश अधिकारी, वाणिज्य उपाध्यक्ष धनबहादुर रावत, उद्योग उपाध्यक्ष वासुदेव शर्मालगायत कारागारमै पुगेर खसी प्रदान गरेका हुन् ।
कार्यक्रममा संघका अध्यक्ष अधिकारीले कारागारमा बस्दाको समयको सदुपयोग गरी सीपमूलक तालिम सिक्न सुझाव दिंदै त्यसका लागि सहयोग गर्न आपूm तयार रहेको बताए ।
कारागारमा रहेका १६६ जना कैदी बन्दीहरुलाई अध्ययनका लागि पुस्तक उपलब्ध गराई दिन आग्रह गरेका छन ।
यसैगरी प्रशान्ति वृद्धाश्रममा भएको कार्यक्रममा अध्यक्ष अधिकारीले सामूहिक प्रयास र सहयोगमा सञ्चालित प्रशान्ति वृद्धाश्रम देशकै नमूना र उदाहरणीय वृद्धाश्रम भएको प्रतिक्रिया दिए ।
प्रशान्ति वृद्धाश्रमलाई क्षेत्रीयस्तरको बनाउनका लागि व्यक्तिगत र संस्थागत रुपमा गर्ने सहयोगका लागि आपूm तयार रहेको प्रतिवद्धतापनि उनले जनाए ।
कार्यक्रममा वृद्धाश्रमका सचिव चेत अधिकारीले वृद्धाश्रमको अवस्था र दाताहरुले गर्दै आएको सहयोगका बारेमा जानकारी गराएका थिए ।
प्रकाशित मिति: २२ आश्विन २०७३, शनिबार १९:०१