
दाङ ।
दसैं दैलोमा आइसकेको छ । घरघरमा लिपपोतका कामसँगै सरकारी स्कुलहरु घटस्थापनादेखि नै बिदामा छन् । सायद तिहारसम्मका लागि । निजी स्कुलहरु पनि सम्भवतः सबै आजैदेखि बन्दभएका छन् । टर्मिनलइक्जामसँगै दसैंअघिको शुल्क अभिभावकहरुलाई तिराइ सकेपछि ‘दसैं होमवर्क’ दिएर बिदाइ गरियो विद्यार्थीहरुलाई । कुनै स्कुलले दसैं मिलनकार्यक्रमगर्न भ्याए त कुनै स्कुलहरुमात्यो पनिभएन । विद्यार्थीहरुलाई दिएर ‘हेप्पीदसैं’ भन्दै विद्यार्थीहरुलाइ संभवतःतिहार सम्मै विदादिएविद्यार्थीहरुलाइ ।
खुसी छन् विद्यार्थीहरु दसैं विदामा । मानौ पिन्जडाबाट उम्केको सुगा जस्तै । विद्यार्थीहरुले दसैं होमवर्क भन्दापनि बिदाको सदुपयोगको तारतम्य आफ्ना अभिभावकहरूलाई सुझाउँदै छन् । बालमनस्थितिका विद्यार्थीहरुलाई एक महिनाको बिदाअपार खुशीको क्षण पनि हो । अवती विद्यार्थीहरुले १० किलोको पाठ्य सामग्रीहरुको झोला करिब एक महिनाका लागि बोक्नुपर्ने छैन । जबरजस्त रुपमा स्कुल ड्रेस लगाउनुपर्ने छैन । अनि घुमफिरको योजना पनि सायद बनाउँदै छन् । नजिकको पार्क, नजिकको मन्दिर, नजिकको पर्यटकीय स्थल, अर्थात् अभिभावकले पु¥याउन सके त काठमाडौंको चिडियाघर र पोखराको फेवातालसँगै मनकामनाको केबलकार समेत चढ्ने रहर छ ती अवोध विद्यार्थीहरूलाई । पिँजडाबाट एक महिनाका लागि उम्किएका सुगा जस्तै छन् बालमनोवृत्तिका विद्यार्थीहरु ।
दसैंदेखि नेपालीहरुका महान् पर्वहरुले दैलो छल्नै पाउँदैनन् एक महिना । दसैं लगत्तै तिहार, अनि छठ पर्व, त्यससँगै पश्चिम क्षेत्रमा कुलपूजाको पर्वले पनि विद्यार्थीहरूलाई कहिं न कतै सम्बोधन गर्नैपर्ने अवस्था छ । तर बिदा कसरी मनाउने भन्ने विषयमा सबैलाई अन्यौल भएको छ । निजी स्कुलका सञ्चालनहरू भन्छन्, लामो बिदामा विद्यार्थीहरुलाई शैक्षिक निरन्तरताका लागि लामो होमवर्क दिइन्छ । तर स्कुलले दिएका ‘दसैं होमवर्क’ विद्यार्थीहरुले भोलिपल्ट नै सकाइसकेका छन् । केहिले थप दुई दिनमै सकाउँछन् होला । मानपुर–९ कि अभिभाव कतारका केसी भन्छिन्, हाम्रा छोराछोरीहरुले त होमवर्क पाएको दुईदिनमै दसैं होमवर्क सकिसके, अब के गर्ने । यस्तै समस्या विजौरी गाविस–१ कि प्रकृति खड्काको पनि छ । अबको एक महिनाको बिदा कसरी बिताउने ? कस्तो होमवर्क भन्नेमा अभिभावकहरूले खासै चासो दिने फुर्सद पनि छैन सायद । ‘छोरालाई सोध्दा दसैं होमवर्क सकिसकियो भन्छ, अब कसरी उसलाई व्यस्त बनाउने’, प्रकृतिको प्रश्न छ ।
तारका र प्रकृति प्रतिनिधिपात्र मात्रै हुन् । धेरै परिवारमा दसैंको बिदामा उनीहरु जस्तै धेरै आमाहरुलाई आफ्ना बालबच्चाहरुलाई एक महिना कसरी सम्हाल्ने भन्ने चिन्ता देखिन थालेको छ । बालबालिकाको मनोरञ्जनका लागि जिल्लामा प्रयाप्त पार्कहरु छैनन्, चिडिया घरहरू पनि छैनन्, अनि पर्यटकीय स्थलहरू पनि घुम्नलाई यातायातसँगै अन्य समस्याहरु पनि छन् । फेरि ट्युशनमा राखौं, बाल मनस्थितिमा अर्को नकारात्मक सम्वेदना थपिएला, अन्यथा कसरी सम्हाल्ने । यस्तै चिन्तामा छन् अभिभावकहरु । बरु व्यापार मेलाहरु पनि दसैं तिहारको बीचमा लागेको भए एक÷दुई दिन त्यतै लगेर तिमाल्ने थियौं, बच्चालाई पनि मनोरञ्जन हामीलाई पनि किनमेल’, प्रकृतिले भनिन् । तर त्यस्तो सम्भावना अहिलेसम्म देखिएको छैन । ‘दसैं होमवर्क’ विद्यार्थीहरुलाई एक महिनाका लागि सम्बन्धित स्कुलहरुले दिएका हुन्छन्, तर स्कुल बिदा नहुँदै विद्यार्थीहरुले दसैं होमवर्क सकिसक्छन्, अभिभावक शुषमा पौडेलले भनिन् । उनले आफ्ना छोराछोरीले रातको तीन बजेसम्म नसुतेर दसैं होमवर्क सकेको भोलिपल्ट मात्रै थाहा पाइन् । आफू रातको तीन बजे पिसाब फेर्न निस्केको बेला छोराले होमवर्क गरिरहेको उनले बताइन् । अब कसरी सम्हाल्ने छोराछोरीहरुलाई एक महिना उनलाइ त्यही चिन्ताले सताएको छ । पर्व नजिकिंदै गर्दा जिल्लाका सरकारी तथा सामुदायिक विद्यालयहरु दसैंदेखि छठसम्मका लागि बिदा भएका छन् । बिदा कसरी मनाउने, विद्यार्थीहरुलाई कसरी तिमाल्ने ? अभिभावकहरूलाई यही हैरानी थपिएको छ ।
गुरुको सुझाव ः
‘बिदामा संस्कार र संस्कृति सिकाऔं’
लामो पर्व बिदा भएको सन्दर्भमा विद्यार्थीहरुलाई कसरी तिमाल्ने र बिदाको समयको कसरी सदुपयोग गर्ने सन्दर्भमा घोराहीको शुभप्रभात माविका प्रधानाध्यापक गणेश श्रेष्ठ भने यो बिदालाई स्वाभाविक रुपमा लिन्छन् । खासमा यो लामो विद्याविद्यार्थीहरुको मानसिकबोझ हटाइ संस्कृति र संस्कार सिकाउन तथा मनोरञ्जन समेत दिने उद्देस्यले गरिएको हो, यसलाई अभिभावकहरुले पनि त्यही रुपमा उपयोग गर्न उनले सुझाव दिए ।
श्रेष्ठको भनाइमा यो बिदामा छोरीहरुले चामल केलाउन सिक्ने छन्, दुना टपरी खुट्न सिक्ने छन्, अनि बत्ति काट्न सिक्ने छन्् । त्यसैगरी छोराहरुले वारीमा आलु रोप्न सिक्ने छन्, अनि वगैंचामा फूल रोप्न सिक्ने छन् । घरमा हरियाली बढाउन सिक्ने छन्, बिदालाई त्यही रूपमा संस्कार सिकाउन पनि सुझाएका छन् । अनि बालबालिकाहरुले बिदाको बेला आफन्ती कहाँ जान खोज्छन्, त्यसमा पनि अभिभावक सकारात्मक हुनुपर्ने पनि उनको सुझाव छ । अनि दसैं अघि त त्यति समस्या छैन । सबै अभिभावकहरुका नजिकमा दुर्गा पूजाको भजनकिर्तन भएको होला, त्यहीं सहभागी बनाएरै पनि बालबालिकालाई आवश्यक मनोरञ्जन दिन सकिन्छ ।
हो पछिल्लो समयमा जिल्लामा बालमनोरञ्जनका लागि फनपार्क छैनन्, तैपनि उनीहरुलाई नजिकैको पार्क वा मन्दिरमा लगेरै पनि भरपुर मनोरञ्जन दिलाएर दिमागलाई रिफ्रेस गराउन सकिन्छ । बिदालाई बोझका रुपमा नलिन पनि उनले सुझाए । साथै बचेको साँझको समयमा कुनै न कुनै पुस्तक पढेर अथवा आफूनै कक्षाको पाठ्य सामग्रीहरु पुनःअध्ययन गर्न लगाएर पनि विद्यार्थीहरुको मनस्थितिलाई नियन्त्रण गर्न सकिन्छ । यो बेला साना बालबालिकाहरूको अध्ययनमा स्मरण शक्तिले निरन्तरता नपाउने भएकाले अध्ययनलाई पनि जीवन्तता दिन साँझ कम्तीमा एक घण्टा पाठ्यपुस्तकमै ध्यान केन्द्रित गराउन पनि अभिभावक लाग्नुपर्ने पुराना शिक्षक श्रेष्ठको सुझाव रहेको छ । लामो बिदाले विद्यार्थीहरुको संस्कार संस्कृति र नैतिकतालाई समेत सुधारका लागि सहयोग गर्ने रूपमा उपयोग गर्न पनि उनले सुझाव दिए । सबैका लागि सुभ होस दसैं ।
प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार १४:३२