जाजरकोट, १७ असोज । जाजरकोटमा रहेको एक मात्र सरकारी बैंक नेपाल बैंक लिमिटेडमा रकम अभाव भएको छ । बंैकमा रकम अभाव भएपछि सेवाग्राहीहरु खालीहता फर्कन वाध्य भएका छन् ।
सरकारी कार्यालयको कारोवार हुने एक मात्र नेपाल बैक लिमिटेड भएकोले पनि रकम अभाव भएको हो । रकम सकिएपछि सेवाग्राही मर्कामा परेका छन् । २ हजारभन्दा बढी शिक्षकको दसैं पेश्की र चार महिनाको तलब, निजामति कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतको दसैं खर्च सहित २ महिनाको तलवभत्ता एकै पटक निकासा हुँदा बैकमा रकम अभाव भएको हो ।
आइतवार दिउसो साढे १२ बजे सम्म साढे दुई करोडको चेक साट्यौ रकम सकियो त्यसपछि सेवा बन्द गर्नु परेको नेपाल बैंक लिमिटेड जाजरकोट शाखाका प्रबन्धक कमल अधिकारीले बताए ।
काठमाडौँको राष्ट्र बैकबाट आवश्यक रकम तत्काल पठाइदिन आग्रह समेत गरेको प्रबन्धक अधिकारीले जानकारी दिए । तर माग गरिएको रकम कहिलेसम्म आईपुग्ने हो टुङ्गो छैन । दसैंको बेला करिब ४५ करोड रुपैयाँ आवश्यक पर्ने यो शाखामा अझै २५ करोड रुपैयाँ आवश्यक पर्ने बैकले जनाएको छ ।
तर जाजरकोट लगायतका पहाडी जिल्लामा राष्ट्र बैकले एक पटकमा १५ करोड भन्दा बढी रकम नदिने प्रबन्धक अधिकारीले जानकारी दिए । अव आउने १५ करोडले पनि नपुग्ने देखिएपछि बैकले दसैंपछि बाँकीलाई भुक्तानी दिने योजना बनाएको छ ।
जिल्लामा ठुला व्यापारी र निक्षेप कर्ता कम भएका व्यापारीले पनि प्राईभेट बैकमा रकम जम्मा गर्ने सरकारी कार्यालयले ढिलो गरी निकासा छोड्ने गर्नले दसैंको मुखैमा रकम भुक्तानी लिनेको निकै चाप बढेको प्रबन्धक अधिकारीको भनाई छ ।
जिल्ला स्थित सिटिजन्स बैक र रुकुमको चौरजहारी स्थित केही बैकहरुले दुई÷तीन करोड जम्मा गर्ने जानकारी दिएका छन् उक्त रकम प्राप्त भयो भने सेवा सुचारु गर्ने बैकले जनाएको छ ।
बैकमा घण्टौ लाइनमा कुरेर पनि रकम नपाएर रित्तै फर्किएका शिक्षक कर्मचारी र सर्वसाधारण बैक प्रति आक्रोशित भएका छन् । गाउँबाट ३ दिन हिडेर आएका सेवाग्राहीहरु रकम निकासा नभएपछि सदरमुकाममा अलपत्र परेका छन् ।
प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार ११:१९