अस्ट्रेलिया । नेपालीको स्वामित्वमा रहेको हाम्रो इन्ष्टिच्युट अफ विजनेश टेक्नोलोजीले तेश्रो वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत एवं सञ्चालक दिपक खनालले कलेजको प्रगति र उन्नतिमा साथ र सहयोग गर्ने सबैलार्इ धन्यवाद दिएका थिए । खानलले कलेजले नाम अनुसारको हाम्रो अर्थात सबैको भावनामा कार्य गरेको बताए । हामी सबैको हाम्रो अनि विद्यार्थीहरुको राम्रोको लागि आफुहरु दत्तचित्त रहेको खनालले बताए ।
उक्त अवसरमा कलेजको अध्ययन विभागका निर्देशक जगदिश तिमल्सिनाले हाम्रो कलेजको प्रमुख उद्देश्य गुणस्तरीय शिक्षा भएको बताए । तिमल्सिनाले विद्यार्थीहरुले पनि कलेजमा नियमित उपस्थित हुने र अन्य दिइएका कार्यहरु समयमै सकेर यो उद्देश्य प्राप्तिमा सहयोग गरिरहेकोमा खुशी व्यक्त गरे ।
कलेजले उक्त अवसरमा आफ्ना कर्मचारी, समूदायका सदस्य तथा विद्यार्थीलाई प्रमाणपत्र र एवार्डले सम्मानित गरेको थियो । वर्षभरको मिहिनेत र योगदानको उच्च कदर गर्दै कलेजको वार्षिक कार्यक्रममा एकाउन्ट र विजनेश डिपार्टमेन्टतर्फ बेष्ट स्टुडेन्ट अफ द ईयर उपाधि पनि प्रदान गरेको थियो ।
हाम्रो कलेजले अहिले विजनेश र एकाउन्टिंगका सर्टिफीकेट फोर देखि एडभान्स डिप्लोमा लेभलसम्म पढाई सन्चालन गर्दै आएको छ । छिट्टै नै आईटी र व्यवस्थापनका अन्य कोर्ष पनि सञ्चालन गर्ने कुरा सन्चालक दिपक खनालले बताए ।
हाम्रो कलेजले विद्यार्थीहरुका माझ नियमित रुपमा खेलकुद, सांस्कृतिक लगायतका कार्यक्रम र प्रतियोगिता समेत सञ्चालन गरिरहेको छ । वर्षभर सम्पन्न प्रतिस्पर्धाका विजयी विद्यार्थी र कलेजका कर्मचारीलाई सो समारोहमा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा कलेजका विद्यार्थीहरुले हाँस्यव्यंग्य, नृत्य र गीत संगित प्रस्तुत गरेको कार्यक्रमका संयोजक डा. रवि पौडेलले बताए । कलेजका प्राध्यापक पौडलले वर्षभर कलेजमा रही शैक्षिक कार्यमा सम्लग्न कर्मचारी र बिशेषगरी पढाइमा व्यस्त विद्यार्थीको हौसला बृद्धी र प्रोत्साहन स्वरुप कलेजले हरेक वर्ष अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको हो ।
प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार ११:१०