काठमाडौ, १५ असोज – महानगरीय प्रहरी परिसर काठमाडौले दशैतिहार लक्षित काठमाडौं सुरक्षा योजना सार्वजनिक गरेको छ ।
घटस्थापनाको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलनमार्फत काठमाडौं प्रहरीले चाडपर्वमा काठमाडौं सुरक्षाका लागि मोटरसाइकलमा गस्ति गर्नेदेखि तालिमप्राप्त कुकुर परिचालन गर्नेसम्मका योजना सार्वजनिक गरेको छ ।
प्रहरी प्रमुख विक्रमसिंह थापाले ३ स्टेपको सुरक्षा रणनीति बनाएर प्रहरी परिचालन गर्न लागेको बताए ।यस्ता छन् प्रहरीको दशैतिहारमा काठमाडौं सुरक्षा रणनीति
१) एम्बुसिङ् गर्ने स् घटना घट्न सक्ने सम्भावित क्षेत्रमा सिभिल प्रहरी टोली परिचालन गर्ने । सकेसम्म घटना हुन् नदिने, घटना घट्यो भने तत्काल अपराधीलाई पक्राउ गर्ने
२) क्यूआरटी टोली परिचालन गर्ने स् चाडपर्व सुरक्षाका लागि प्रहरीका विशेष टोली बनाएर विभिन्न ठाँउमा परिचान गर्ने ।
३) ६० ठाँउमा सिआरभी भ्यान स् अपराध नियन्त्रण गर्न र अपराधी पक्राउ गर्न घटनास्थलमा ५ मिनेटभित्र पुग्नेगरी काठमाडौका विभिन्न ६० स्थानमा सिआरभी भ्यान परिचालन गर्ने ।
प्रहरीको विशेष सुरक्षा टोली स् पाकेटमार, जुवा, गहना पसलमा हुने चोरी, पटका नियन्त्रणका लागि प्रहरीको विशेष टोली खटाउने ।
५) बजार ब्यवस्थापन बजारमा हुने मुल्यबृद्धी, कालोबजारी र मिसावट गर्नेलाई कारवाही गर्न अन्य सरकारी निकायको सहयोगमा अभियान चलाउने ।
६) मोटरसाइकल र साइकल गस्ति स् विभिव किसिमका अपराधी नियन्त्रणका लागि २ सय १० ओटा मोटरसाइकलबाट गस्ति गर्ने । यस्तै ७० ओटा साईकलबाट समेत गस्ति गरिने ।
७) नाकामा कुकुर परिचालन स् काठमाडौं भित्रिने तथा बाहिरिने नाकामा लागूऔषध, विष्फोटक पदार्थ ओसार पसार नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गर्ने ।
प्रहरीले चाडपर्वमा हुने चोरी नियन्त्रणका लागि इन्टेलिजेन्स बेशमा आधारित भएर काम गर्ने प्रहरी प्रमुख थापाले बताए ।चोरी नियन्त्रणका लागि काठमाडौका विभिन्न जेलमा रहेका सजाँय काटिरहेका चोरहरुबाट सूचना लिएर चोरी नियन्त्रण अभियान चलाउन लागेको उनले बताए । आजको गोरखापत्रमा खबर छ ।
प्रकाशित मिति: १५ आश्विन २०७३, शनिबार ०७:०१