जाजरकोट, १४ असोज । जाजरकोटको उत्तरी दुर्गम गाविस रामीडाँडाका जनताको जीवनस्तर निकै दयनिय छ । रामीडाँडा ९ अधिकांश दलित समुदायको बाहुल्यता भएको वस्ती हो । यहाँका बासिन्दाले उत्पादन गरेको अन्नले वर्षभरी खान पुग्दैन । त्यसैले माथिको भोट र तलको भारत गरेर गुजारा चलाउनु यहाँका वासिन्दाको बाध्यता हो ।
केही वर्ष पहिले पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजनाले सहभागितामुलक ग्रामीण लेखाजोखा विधि मार्फत हस्तवीर कामीलाई लक्षित वर्गको रुपमा छनौट गरेपछि उनको जीवनमा सकारात्मक परिवर्तनका संकेतहरु देखा परेका छन् ।
अधिकांश परम्परागत पेसामा आधुनिक प्रविधि अंगाल्न नसक्दा र उचित ज्ञान नहुदा त्यसको प्रतिफल लिन नसक्नु अधिकांशको कहानी हो । तर, आयोजनाले हस्तवीरको सीप र क्षमता अनुसार आरन पेसालाई सुधार गर्न सुझाव दिएपछि उनलाई पनि लाग्यो, अब मैले मेरो पुख्र्यौली पेसालाई आधुनीकिकरण गरेर परिमार्जन गर्नुपर्छ । हस्तवीर इच्छा अनुसार आयोजनाले १२ हजार रुपैयाँ बराबरको आरनका सामग्रीहरु प्रदान ग¥यो ।
बेरोजगार भएर गाउँमा घुम्दा घरमा उनले धेरै पटक गाली पनि खाइसकेका थिए । त्यतिमात्र होइन, उनले समय पनि बर्बाद गरेका थिए । त्यसैले घरमा सँधै कचकच हुन्थ्यो । तर, अहिले उनको जीवनले काँचुली फेरेको छ । दिनभरी आरनमा फलामका भाँडाकुडा बनाइरहेका हुन्छन् । उनको आरनमा गाउँलेको भीड हुन्छ ।
आजभोली दैनिक आम्दानी ५ सय देखि १ हजार सम्म हुने गरेको हस्तवीरको भनाई छ । उनले भने, ‘फलामका भाडाँकुडा बनाईदिए वापत् नगद मात्रै होईन अन्नपात पनि लिने गरेको छु ।’
अहिले उनी भन्छन्, ‘सकारात्मक सोच राखेर जे काम गरे पनि सफल भइदो रहेछ । उनको पेशा व्यवसायिक भएसँगै नगद र अन्नको आम्दानी त छ नै । साथमा व्यवसायको व्यस्तताले उनको पुरानो अममल पनि छुटेको छ ।
प्रकाशित मिति: १४ आश्विन २०७३, शुक्रबार १६:१९