अस्ट्रेलिया । अस्ट्रेलिया भ्रमणमा रहेका चर्चित कलाकार मनोज गजुरेल र इन्दिरा जोसीले दसैंको पूर्व सन्ध्यामा सिड्नीमा रहेका नेपालीहरूलाई हसाउने र तताउने भएका छन ।
आगामी आइतबार सिड्नीमा दसैँ साँझमार्फ़त गजुरेल र जोसीले आफ्नो प्रस्तुति प्रस्तुत गर्ने भएका हुन् ।
प्रवासमा रहेका नेपालीको पहिलो पुस्ताको रंगमा रंगिएको र झागिंएको नेपाली कलाजगतले अबको दश वर्षमा भने नयाँ मोडको र नौलो खोजको तयारीमा रहनुपर्ने कालकार गजुरेलले बताएका छन् ।
आफ्नो प्रस्तुतिका विषयमा गजुरेलले भने, ‘नेपालवाट बिदेशीएका पहिलो पुस्ताको लागि हाम्रो खुराक प्रयाप्त होला तर यहा जन्मेका र हुर्केका लागि भने केही नयाँ र नौलो हुनेछ ।’
उनले मूल्य र मान्यताभित्र रही अगाडि बढ्ने योजनाले तत्कालै राहत नभएपनि कलान्तरमा भने भरपुर आत्मसन्तुष्टि पाइने बताएका छन् ।
ब्रिज द ग्याप नामक संस्थाको आयोजना र नेपालको शिक्षामा सहयोगको पाटो बोकेको यो कार्यक्रम पनि एउटा असल कारणका लागि भएको मनोजको भनाइ थियो ।
हास्ने र हसाउने विषयमा भने उनी यस पटक प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडिएका हाँस्यरसका पोको फुकाउने तयारीमा छन् ।
मनोजको हास्यब्यंगमा मुलुकको राजनीतिसँंग जोडिएका आत्मपरक र केही फरक ब्यंगबाण सम्मिलित हुनेछ ।
लमजुङको सारदा माध्यामिक बिद्यालयको पुनर्निमार्णका लागि सिड्नीमा रहेको ब्रिज द ग्याप नामक संस्थाले यो दसैँ साझ नाम राखेर च्यारिटी कार्यक्रमको आयोजना गर्न लागेको हो ।
मनोजसँंगै चर्चित मोडल तथा गायिका इन्दिरा जोशीको पनि आकर्षक गीत संगीत कार्यक्रमकोे अर्को पाटोको रुपमा रहनेछ ।
नेपाली शाकिरा नामले चिनिने इन्दिराले यस पटक केही राम्रो कार्यको लागि स्टेजमा उत्रन लागेको बताएकी छिन् । इन्दिराले भनिन, ‘हामीले पनि सडक र आन्दोलन हैन, माया र ममता खोज्ने अभियानको थालनी गर्न सक्नुपर्छ ।’
कार्यक्रममा ग्याप दी नेपालका सल्लाहकार कृष्णकुमार श्रेष्ठले संस्था फरक र अलग पहिचानवाट अगाडि बढेको बताएका छन् । श्रेष्ठले मुलुकको शिक्षा क्षेत्रमा रही आएको खाल्डो पूरा गर्ने आफूहरूको अभियान रहेको उल्लेख गरे ।
कार्यक्रममा ग्याप दी नेपालका अध्यक्ष शिव श्रेष्ठले सन २०१७ को मार्च महिनाभित्र स्कुल पुनर्निमार्ण गरी हस्तान्तरण गरिने योजना रहेको बताए ।
भूकम्पले पूर्णक्षति भएको सो स्कुलका लागि करिब ४५ हजार अस्ट्रेलियन डलर खर्च हुनृ अनुमान गरिएको छ ।
प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार १८:३०