ह्वाइट प्लेनस (न्युयोर्क), १० असोज । अमेरिकी प्रशासनको भावी कार्यक्रमबारे छलफल गर्न इजरायली प्रधानमन्त्रीले आइतबार छुट्टाछुट्टै स्थानमा अमेरिकी राष्ट्रपतिका लागि आकाँक्षी रहेका हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पबीच भेटवार्ता हुने भएको छ ।
अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका नेता ट्रम्पसँग ट्रम्प टावरमा आइतबार भेट गरिसकेका छन् ।
यसैगरी डेमोक्रेटिक पार्टीका क्लिन्टनसँग पनि दुई राष्ट्रपतिका उम्मेदवारको पहिलो बहस हुनुपूर्व न्युयोर्कमा भेट हुनेछ ।
इजरायली नेता तथा सरकार प्रमुख नेतन्याहूले यसपटक अमेरिकी राष्ट्रपतिका उम्मेदवारबीचको प्रतिस्पर्धामा आफ्नो समर्थन कुनै एक व्यक्तिलाई नदिएर तटस्थ रहने सङ्केत दिनुभएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१२ मा बाराक ओबामा र पिट रुम्नीबीचको प्रतिस्पर्धामा नेतन्याहूले रुम्नीलाई आफ्नो समर्थन देखाएका थिए ।
वर्तमान राष्ट्रपति बाराक ओबामा सत्तामा आएपछि अमेरिकी प्रशासनले वेस्ट बैंकमा बस्ती बसाल्ने विषयमा विरोध जनाएको छ ।
त्यसैगरी अमेरिकाको इरानसँग भएको आणविक सम्झौताको इजरायली नेता नेतन्याहू कडा आलोचक देखिएका थिए ।
हालै अमेरिकी राष्ट्रपति ओबामासँग भएको भेटमा अमेरिकी राष्ट्रपतिका रुपमा अन्तिम समयमै भए पनि इजरायली प्रधानमन्त्री नेतन्याहूले प्यालेस्टाइन राज्य बनाउने कुरालाई छाड्न आग्रह गरेकाे अमेरिकी सञ्चारमाध्यममा जनाइएको थियो ।
क्लिन्टनले दुई देशबीचको सम्बन्ध सुधारमा आफ्नो रचनात्मक पहल रहने इरानसँगको आणविक सम्झौता कार्यान्वयनमा लैजाने र इजरायलको सुरक्षाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
तर ट्रम्प भने इरानसँगको आणविक सम्झौताको कटु आलोचक रहेका छन् रासस/एपी