दुवै देशबीच धार्मिक सांस्कृतिक एकतालाई अझ बलियो बनाउने उद्देश्यका साथ गरिएको सो कार्यक्रममा राष्ट्रिय एकता र नैतिकवान समाज निर्माण गर्ने किसिमका प्रस्तुति गरिएको थियो ।
सो अवसरमा भारतका चर्चित कवयित्री सुप्रिया शवनम, चान्दनी शवनम र कविहरु अकमल बलरामपुरी, रहमान मुसौसाकिल मुबारक, विकास बोखलले आ– आफ्ना प्रस्तुति गएका थिए ।
यसका साथै नेपालका सीमा आभास, दीपक सम्चु, सुमन पोखरेल, विवस पोखरेललगायतले नेपाली भाषामा राष्ट्रियता झल्किने कविता प्रस्तुत गरेका थिए ।
त्यस्तै मैथिली भाषामा प्रविणनारायण चौधरी र लक्ष्मण नेवटियाले मारवाडी भाषाका देशमा भाइचारा अभिवृद्धि गर्न र नैतिकवान समाज निर्माणमा आधारित प्रस्तुति गरेका थिए ।
कार्यक्रमका संयोजक जफर अहमद जमालीले नेपाल–भारतबीच असमझदारी हटाउने कार्यमा यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
समाजका अध्यक्ष ताजिम अन्सारीको अध्यक्षतामा भएको मुसायरा कार्यक्रममा प्रवीणनारायण चौधरी, सरोज कार्की, डा जावेद अन्सारी, सञ्जु साह, मोहम्मद जाहाँगिरसहित आधादर्जन व्यक्तिलाई समाज परिवर्तनमा पु¥याएको सहयोगको कदर गर्दै सम्मानसमेत गरिएको थियो ।
रासस