रामपुर (पाल्पा), ७ असोज । आव २०७२/७३ मा एक हजार २६० हेक्टर क्षेत्रफलमा जिल्लामा १४ हजार १९७ मेट्रिक टन अदुवा उत्पादन भएको छ ।
फाइल फोटो
आव २०७१/७२ मा एक हजार २६२ हेक्टर क्षेत्रफलमा १४ हजार ८५३ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले जानकारी दिए । जिल्लाका खानीगाउँ, बराङ्दी, पालुङमैनादी, फेक, सिलुवा र भैरवस्थान अदुवाका लागि मुख्य पकेट क्षेत्र मानिन्छन् ।
अदुवालाई यहाँका किसानले आयआर्जन गर्ने बालीका रुपमा लिएका छन् । जिल्लामा उत्पादित तीन हजार ७५२ मेट्रिक टन अदुवा भारतलगायत अन्य मुलुकमा निर्यात हुने गर्दछ । अहिले बजारमा अदुवा प्रतिकिलो रु ८० देखि रु १०० मा बिक्री भइरहेको छ ।
अदुवाबाट सुठो, तेल, मसला, विभिन्न किसिमका सेन्ट, अचार बनाउन सकिन्छ । अदुवा उत्पादन तथा बजार प्रवद्र्धनमा पाल्पा अग्रणी जिल्लाका रुपमा चिनिन्छ । अदुवा बाली आयआर्जनमा टेवा पुर्याउने बाली भएकाले एक जिल्ला एक उत्पादन नीति ल्याई उत्पादन, प्रशोधन र बजारीकरण एकीकृत रुपमा लैजानुपर्ने आवश्यकता रहेको वरिष्ठ कृषि विकास अधिकृत कोइरालाको भनाइ छ । रासस