बैतडी, ६ असोज । विद्युत् पोल गाडेको छ वर्ष भइसक्दा पनि विद्युत् सेवा सञ्चालन नभएपछि बैतडीको कैलपालका युवा विद्युत् सेवा गाउँमा पुर्याउन जुटेका छन् ।
कैलपाल–९ र पाटन नगरपालिकाको केही वडामा पोल गाडेको छ वर्ष भइसक्दा पनि विद्युत् प्राधिकरणले सेवा सञ्चालन नगरेपछि स्थानीय युवा विद्युत् सेवा गाउँमा पुर्याउनका लागि सक्रिय भएका हुन् ।
आर्थिक वर्ष २०६८/६९ मा कैलपाल–९ र साबिकको सकारको वडा नं १, ५ र ९ मा पोल गाड्ने काम सम्पन्न भएको थियो । गाउँमा विद्युत् सेवा सञ्चालन नभएपछि कैलपाल–९ डंसिलीका युवामा आफ्नो गाउँमा विद्युत् सञ्चालन गर्नका लागि विद्युत्को तार खिच्ने कार्यमा लागेको स्थानीय युवा गजेन्द्र बोहराले जानकारी दिए । उनले भने, “हामी युवाहरु आफैँ विद्युत् तार खिचिरहेका छौँ ।”
गाउँमा बिजुली बत्ती नहुँदा उज्यालोका लागि मात्रै नभई पिसानीका लागि तीन घन्टा जति हिँडेर जानुपर्ने बाध्यता रहेको महिला स्वास्थ्य स्वयम्सेविका जानकी बोहराले बताए । उाले भने, “विद्युत् अभावमा स्वास्थ्य, विद्यालय लगायतका क्षेत्रमा समस्या भएको छ ।” विद्युत् सञ्चालन गर्न आफूहरु क्रियाशील रहेको समेत बोहराले बताए ।
एक महिनाभित्र गाउँमा जसरी पनि विद्युत् सेवा सञ्चालन गर्ने तयारीका साथ जुटेको स्थानीयवासी तर्क ठगुन्नाले जानकारी दिए । उनले भने, “यो दसँैतिहारसम्म जसरी भए पनि गाउँमा विद्युत् सुचारु गर्छाैं ।” रासस