एजेन्सी । अमेरिकामा पाकिस्तानको राजदूत रहिसकेका अन्तर्राष्ट्रिय मामिलाका जानकार हुसैन हक्कानीको भनाइ छ कि– ‘वास्तविक समस्या यो छ कि पाकिस्तानका मानिसले आफ्नो मस्तिष्क यस्तो बनाएका छन् कि भारतले पाकिस्तानलाई मनैदेखि स्विकार्दैन । अर्कोतर्फ भारतका मानिसले पाकिस्तान भारतबाट अलग हुनुहुँदैनथ्यो भन्ने मस्तिष्क बनाएका छन् ।’
संयुक्त राष्ट्रसंघको महासभामा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले बुधबार दिएको भाषणमा यस्तो प्रतिक्रिया जनाएका हुन् । बीबीसीसँगको कुराकानीमा सरिफले भारत–पाकिस्तानबीचको ७० वर्षको सम्बन्धबारे चर्चा गरे ।
सरिफले भने कि चिया बेच्ने, पान बेच्ने, अटो चलाउने, पत्रिका बेच्नेजस्ता एकदम साधारण व्यक्तिबीच भारत–पाकिस्तानबीचको झगडालाई यसरी सम्झिनुपथ्र्यो कि भारतले मान्ने १९४७ को भागबन्डा हुनुहुँदैनथ्यो ।
हक्कानीको भनाइ थियो, ‘तर, म यो भन्छु कि भागबन्डा त भइसक्यो ७० वर्ष पनि पुगिसक्यो । यस भागबन्डालाई दुवै देशले यस्तो लिनुपर्छ कि जस्तो गान्धीजीले भनेका थिए । यदि संयुक्त परिवारमा कोही एकले म आफ्नो घर अलग बनाउन चाहन्छु भन्यो भने अलग बनाउन दिनुपर्छ । तर ऊसँग यस्तो व्यवहार गर्नू जस्तो कि अन्य परिवासँग गरिन्छ । र अलग रहने व्यक्तिले पनि आफ्नो परिवार र खानदानलाई भुल्नु हुँदैन ।’
गान्धीको यो भनाइ उद्धृत गर्दै हक्कानी भन्छन्, ‘पाकिस्तान त्यही परिवारको हिस्सा हो जुन हिस्सा भारतको पनि हो । उसले नकार्नुको सजाय तपाईं हामीले भोगिरहेका छौं ।
पाकिस्तानबारे हक्कानी भन्छन्, ‘यो साँचो हो कि पाकिस्तान एक स्वतन्त्र मुलुक हो । उसको स्वतन्त्रतालाई कसैले खोस्न चाहँदैन, तर पाकिस्तानमा केही व्यक्ति यस्तो सम्झन्छन् कि जबसम्म उनीहरू भारतसँग लड्दैनन् उनीहरूलाई आफ्नो स्वतन्त्रताको महसुस हुँदैन ।’
संयुक्त राष्ट्रसंघमा पाकिस्तानी प्रधानमन्त्री सरिफले गरेको भाषणमाथि उनी भन्छन्, ‘सरिफको भाषण त राष्ट्रसंघमा थियो तर उनका दर्शक पाकिस्थानमा थिए । पाकिस्तानी सेना, जनरल तथा यस्ता व्यक्ति जुन चाहन्छन् कि पाकिस्तान सधैं भारतसँग बराबर गरोस् । आँखामा आँखा जुधाएर हेरोस् । उनलाई सुनाउन चाहन्थे कि उनी अझै कश्मीरमाथि हार्डलाइन होस् ।’
हक्कानीका अनुसार सरिफको भाषणले अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै वाहवाही त पाएन । किन भने संयुक्त राष्ट्रसंघमा १९४७ देखि सबैले यो सुनिरहेका थिए । आतंकवादमाथि उनको भनाइ थियो, ‘रहयो आतंकवादको समस्या । यसमाथि विश्व नै सहमत छ कि आतंकवादको कुनै औचित्य छैन । पाकिस्तानले अब यो कारोबार बन्द गर्नुपर्छ । विश्वलाई यो सबै जानकारी छ ।’
उनको भनाइ थियो कि, भारत र पाकिस्तान कश्मीर मुद्दामाथि एकै कुरा लगभग उनका कहना था कि भारत और पाकिस्तान कश्मीर मुद्दे पर एक ही बात लगभग ७० वर्षदेखि दोहोऱ्याइरहेका छन् । यसबाट वास्तवमा कसैलाई फाइदा छैन ।
उनी अगाडि भन्छन्, ‘आफ्नो कुरा दोहोऱ्याउनु कहिल्यै पनि शक्ति प्रदर्शन हुँदैन बरु कमजोरी देखिन्छ । यो कुरा भारतमाथि पनि लागू हुन्छ । किन भने भारतलाई पनि कश्मीरभित्र आफ्नो समस्या कुनै न कुनै दिन समाधान गर्नुपर्नेछ । यस्तै कश्मीरका राजनीतिक नेताहरूसँग वार्ता गर्नुपर्नेछ ।
पाकिस्तानको दाबी गर्दै हक्कानीले भनेका छन्, ‘पाकिस्तानी आतंकवादमाथि अब विश्वले खुलेर बोल्छ ।’ उनका अनुसार साउदी अरब र संयुक्त अरब इमिरेटले पनि यस्ता उडन्ते कुराको निन्दा गरेका छन् । ‘पाकिस्तानले यस्तो गर्नु हुँदैनथ्यो’ उनीहरूको भनाइ छ ।
हक्कानीका अनुसार अमेरिकी विदेशमन्त्री जोन केरीसँग सरिफको बैठकपछि जुन वक्तव्य आयो उसमा पनि प्रस्ट लेखिएको छ कि आतंकवादीका लागि पाकिस्तानमा जुन गतिविधि भइरहेको छ यसलाई पूर्ण नष्ट गर्नुपर्ने हुन्छ । भारत र पाकिस्तानको रवैयाबारे हक्कानी भन्छन्, ‘यो कुरा दोहोरयाउनुको अब कुनै फाइदा छैन ।’
– बीबीसीको सहयोगमा
प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार १२:५९