एजेन्सी । यात्राका विषयमा बीबीसीले तयार पारेको फोटोकथा हामीले पनि साभार गरेका छौं । जुन फोटो कथाले तपाईंलाई केही समय आनन्दित पनि बनाउँछ ।
दक्षिण अफ्रिकाको एक बाँधमा जलगैंडामाथि बसेको बकुल्ला ।
प्रयोगविहीन हुन लागेको रेल्वेलाइनबाट सयर गर्दै । यो तस्बिर लरेन रोजर्सले खिचेका हुन् ।
ज्याक एपेल्टनले यो एक पुरानो कारको तस्बिर पठाएकी छिन् । यो उनको छोरीको हो । अहिले यो कार बगैंचामा रहेको छ ।
यो तस्बिर सुनील पारिकले खिचेका हुन् । उनका अनुसार मरुभूमिमा त होइन । तर, त्यस आसपासको आवादीका लागि उँटले चलाउने यो सवारी यहाँको लोकप्रियमध्ये मानिन्छ ।
फिल मिल्सेले पठाएको तस्बिर हो यो । उनले यसबारे भनेका छन्, ‘विमान सधैं चुस्त हुनुपर्छ । यदि विमानचालकअघि ढोका तथा सिसामा धुलो जम्यो भने स्वयंले सफा गर्नुपर्छ ।’
होली स्टेंक्सले स्नेटेरटन्सको ट्रयाकमा यो कारको तस्बिर लिएकी हुन् ।
ब्रायन एन्डर्सनले यो तस्बिर उत्तरी ऱ्याकर्सको ‘स्टेथ्स एन्ड रन्सविक लाइफ बोट स्टेसन’ मा लिएका हुन् । यो सिसाकलम (पेन्सिल) को माथिल्लो भागमा लागेको डुंगा आकृतिको खेलौना पुतली हो ।
डासा वार्टनको यो तस्बिरमा जयपुरका आमेर लडाइँ किल्लातर्फ जाँदै छन् ।
यो तस्बिर रिचार्ड पोउल्टनले पठाएका हुन् । अस्ट्रेलियाको क्यानबेराको आकाशमा हरेक वर्ष यस्ता बेलुनमाथि मज्जाका सवारी गर्ने गरिन्छ ।
जोन स्विनबर्नले यो तस्बिर ब्राजिलको पैराटीमा खिचेका हुन् । समुद्र भरिएको समयमा यसको पानी सडकदेखि लिएर व्यक्तिका घरका ढोकासम्म पुग्ने गर्छ ।
एलेक्स मिसेलले यो तस्बिर ‘बाल्सवर्थ इन्टरनेसनल हर्स सो २०१५’ का बेलामा लिएकी हुन् ।
लातवियाको सडकमा केही बच्चाले बनाएको यो तस्बिर ड्रायन क्लियरले पठाएका हुन् ।
यो तस्बिर लन्डन अन्डर ग्राउन्ड (पब्लिक ऱ्यापिड ट्रान्जिट सिस्टम) को हो । यो तस्बिर भने स्टिभ रिडले पठाएका हुन् ।
– बीबीसीको सहयोगमा
प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार १२:४९