किसानले थाले आफ्नै लगानीमा बिद्युतीय तारबार, अब जोगिने भो घरबार
कञ्चनपुर, ५ असोज । वर्सेनी जंगली हात्तीले अन्नबाली नष्ट गरेर सताइएका कञ्चनपुर पुनर्बासस्थित बीचफाँटाका किसान झण्डै १५ लाखको लगानीमा बिद्युतीय तारबार बनाई वन्यजन्तुको आक्रमणबाट अन्नबाली र बस्ती जोगाउने अभियानमा जुटेका छन् ।
जिल्लाको पूर्वी दक्षिण भेगामा रहेको पुनर्बासको पराशनस्थित बीचफाँटा गाउँका स्थानिय कृषकहरुतारबार गर्न लागेका छन् । करिब १५ लाखको लगानीमा ३५० वटा सिमेन्टको पोल गाडेर बिद्युतिय तारबारको काम स्थानिय किसानहरुले सुरु गरेका छन् ।
सीमावर्ती भारतीय दुधवा राष्ट्रिय निकुञ्ज संग सिमा जोडिएका कृषकहरले ८ हजार र अन्य कृषकले ५ हजारका दरले आर्थिक संकलन गरि बाली नाली र बस्ति जोगाउन तारबारको काममा जुटेको तारबार समितिका अध्यक्ष तुलसिह सुनारले बताए । स्थानिय बासिन्दाबाट अहिले सम्म १ लाख २७ हजार ४०० रकम उठि सकेको र सो रकमबाट १०० वटा सिमेन्ट पोल खरिद गरि गाढिएको अध्यक्ष सुनारले बताए ।
पुनर्बासको बिचफाँटा देखि परासन गाउँ हुँदै बाईसीबिचवा का किसानहरुलाई भारतीय वनबाट आउने हात्तीको बथानले बर्सेनि दुःख दिने गरेको छ । धेरै ठाउँ र निकायमा जंगली हात्तीको आक्रमण रोक्न तारबारको ब्यबस्थाका लागि बारम्बार माग गर्दासमेत कँहीकतैबाट सहयोग नपाएको स्थानीय कृषक नारायण जैसीले बताए । अन्न पाक्ने बेला वर्सेनी खेतबारीमा आई हानी गर्दै आएका जंगली हात्तीको आतंक केहीगरी नथामिने भएपछि कृषकहरु मिलेर धपाउने पहलका लागितारबार गर्न थालिएको स्थानिय कृषकहरुले बताएका छन् ।
यस क्षेत्रका कृषकहरु मिलेर वन्य जन्तुको आतंक बाट खेतबारी जोगाउन पहलको माग गर्दै बिगत दुई वर्षदेखि चरणबद्ध रुपमा माग गर्दै आएको वन्यजन्तु पिडित संघर्ष समितिका अध्यक्ष केशबप्रसाद तिमिल्सेनाले बताए । बाईसी बिचवाको डोके बजार देखि परासनको बिचफाँटा सम्म बिद्युतिय तारबार गरि वन्य जन्तुको आतंकबाट किसानको अन्नबाली रक्षागर्न माग गरेको तर सरकारले पहल नथाल्दा किसान आफै जुटेको अध्यक्ष तिमिल्सेनाले बताए ।
वर्सेनी आउने जंगली हात्तीको समुहले पुनर्बासको बिचफाँटा, सिताबस्ती, परासन, त्रिभुवनबस्ती, जनकबस्ती र बाईसी बिचवाका बिभिन्न गाउँहरुमा अन्नबाली र घर नष्ट गर्दै आएको छ । यस क्षेत्रमा चालु आर्थिक वर्षको भदौ सम्ममा झण्डै १ सय बिगाहा अन्नबाली जंगली हात्तीले नष्ट गरि सकेको स्थानिय कृषकहरुले बताएका छन् ।
प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार १५:२८