काठमाडौं, १८ भदौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रुपमा दुई छिमेकी मुलुकको भ्रमण गर्नुभएका उपप्रधानमन्त्रीद्वयले चीन र भारत दुवै छिमेकी मुलुकका उच्च अधिकारीको नेपाल भ्रमण निश्चित भएको बताउनुभएको छ ।
व्यवस्थापिका-संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा उपप्रधानमन्त्रीद्वय कृष्ण बहादुर महरा र विमलेन्द्र निधीले चीन र भारत भ्रमण निश्चित रहेको जानकारी दिनुभएको हो ।
उपप्रधानमन्त्री निधिले नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको मिति तय भइसकेको र बाँकी उच्च अधिकारीको भ्रमण चाँडै तय हुने जानकारी दिनुभयो । आजको गोरखापत्रमा खबर छ ।