काठमाडौं, १६ भदौ । महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी आयुक्त प्रहरी अतिरीक्त महानिरीक्षक प्रतापसिंह थापाले विभिन्न समस्याहरुका बाबजुत पनि निजि सुरक्षा गार्ड कम्पनीहरूले राष्ट्रिय सुरक्षामा ठूलो योगदान दिई शान्ति सुरक्षा अमन चयन कायम गर्नमा नेपाल प्रहरीलाई सहयोग पुर्याएको बताएका छन् ।
महानगरीय प्रहरी कार्यालय रानिपोखरीको आयोजनामा नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा उपत्यकास्थित निजि सुरक्षा गार्ड कम्पनीका पदाधिकारीज्यूहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी अतिरीक्त महानिरीक्षक थापाले उक्त कुरा बताएका हुन् ।
प्रहरी अतिरीक्त महानिरीक्षक थापाले प्रहरी नभएको ठाँउमा निजि सुरक्षा गार्ड हुने भएकाले प्रहरी र निजि सुरक्षा गार्डहरूले हातेमालो गरी अगाडी बढेमा सुरक्षालाई अझ मजबुत बनाउन सकिने कुरामा जोड दिए । उनले निजि सुरक्षा गार्ड व्यवसायीहरूले उत्पादन गरेको कर्मचारीहरू न्यूनतम आधारभुत तालिम प्राप्त गरेको तथा प्रहरीसँग समन्वय गर्न सक्ने क्षमताको भर्ना गनुपर्ने र गार्डहरूको पोशाकमा एकरूपता ल्याई आफ्नो कम्पनीको लोगो राख्न सकिने तर सुरक्षा कर्मीहरूको भन्दा फरक हुनुपर्ने, झुक्याउने खालको हुन नहुने सुझाव दिए ।
सो अवसरमा निजि सुरक्षा गार्ड कम्पनी संचालकका पदाधिकारीज्यूहरूले निजि सुरक्षा ब्यवसायमा आईपरेका समस्या तथा समाधानका उपायहरुबताउनु हुदै समाजमा शान्ति सुरक्षा कायम गर्न निजि सुरक्षा गार्डहरू र प्रहरी बिच समन्वयको कमिले गर्दा तत्काल सुरक्षा प्रदान गर्न कठिनाई भएको बताएका थिए । उनीहरुले निजि सुरक्षा गार्ड कम्पनीहरूलाई सुपरिवेक्षण गर्ने निकाय स्पष्ट नभएको तथा प्राईभेट सुरक्षा ऐन नबन्दा काम कारबाहि गर्न कठिनाई भएको बताएका थिए ।
उक्त कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रहरी अतिरिक्त आयुक्त, सह-आयुक्त, महानगरीय प्रहरी परिसरका प्रमुखहरू, महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुख, निजि सुरक्षा गार्ड कम्पनिका संचालकहरूकोउपस्थित रहेको कार्यक्रममा महानगरीय प्रहरी कार्यलयका प्रहरी अतिरिक्त आयुक्त मिङमार लामाले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
प्रकाशित मिति: १६ भाद्र २०७३, बिहीबार १७:४२