काठमाडौँ, १३ भदौ । भारतको नयाँ दिल्लीमा आगामी असोज ६ देखि १० गतेसम्म हुने तेस्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागिताका लागि कराते खेलाडीको छनोट यही भदौ १७ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य फत्तबहादुर गुरुङको संयोजकत्वमा हुने छनोट प्रतियोगितामा सिनियर १८ वर्षमाथिका कुमुतेतर्फ महिलामा ४५, ५०, ५५, ६१, ६८ मुनि र ६८ केजीमाथि गरी छ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यसैगरी तथा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ केजीमुनि र ८४ केजीमाथि ७ तौल समूह एवम् महिला÷पुरुष व्यक्तिगत र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
जुनियर १६÷१७ वर्षको महिलातर्फ ४०, ४८, ५३, ५९ केजीमुनि र ५९ केजीमाथि गरी ५ तौल समूह र पुरुषतर्फ ५०, ५५, ६१, ६८, ७६ केजीमुनि र ७६ केजीमाथि गरी ६ तौल समूहमा एवम् महिला÷पुरुष व्यक्तिगत कातामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा त्यस्तै १४÷१५ वर्षको महिलातर्फ ४०, ४७, ५४ केजीमुनि र ५४ केजीमाथि ४ तौल समूह, पुरुषतर्फ ४५, ५२, ५७, ६३, ७० केजीमुनि र ७० केजीमाथि गरी ६ तौल समूह तथा महिला÷पुरुष व्यक्तिगत काता र महिला÷पुरुषको जुनियर १४ देखि १७ वर्षको टिम कातामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
डन्डीबियो मङ्गलबारदेखि
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा दोस्रो काठमाडौँ उपत्यकाव्यापी उमाविस्तरीय डन्डीबियो प्रतियोगिता मङ्गलबारदेखि हुँदैछ ।
प्रतियोगितामा काठमाडौँबाट चार, ललितपुर र भक्तपुरबाट समान ३–३ तथा काभ्रेपलाञ्चोकबाट २ गरी १२ टोलीको सहभागिता रहने राखेप, खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत मीनकुमार शर्माले जानकारी दिनुभयो । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः रु १० हजार, रु सात हजार र रु तीन हजार पुरस्कार प्राप्त गर्नेछन् । दुईदिने उक्त प्रतियोगिताका खेल त्रिपुेश्वरस्थित राखेपको हातामा हुनेछ । रासस