काठमाडौँ, १३ भदौ । भिओआईपि कल वाइपासका सामानहरु अवैध रुपमा ओसार पसारमा सम्लग्न एक जनालार्इ सामान सहित प्रहरी नियन्त्रणमा लिएको छ ।
भिओआईपि कल वाइपासका सामानहरु अवैध रुपमा ओसार पसार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँ शंखरापुर नगरपालिका १४ साँखु इन्द्रयाणी चोक सडक खण्डमा चेक जाचँ गर्ने क्रममा जिल्ला काभ्रे शिसाखानी ५ घर भई हाल काठमाडौँ अशन बस्ने विनोद दंगाललार्इ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
साथै उनले चलाएको वा ३७ प ७३०५ नं. को मोटरसाईकल सहित निजले वा १ ज ७५५६ नं. को भाडाको ट्याक्सीमा लुकाई छिपाई राखी भिओआईपि कल वाइपास बत्तिसपोटका सामानहरु लैजादै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सिम राख्ने पोट थान २, टि.पि. लिङ लेखिएको राउटर थान १, होम अफ लेखिएको इनभटर थान १, Crown मार्क लेखेको मनिटर थान १, माइक्रो स्मार्ट किवोड थान १, माइक्रो स्मार्ट लेखेको CPU थान १, Efide लेखेको व्याट्री थान १, माइक्रो HPA कम्पनीको मोडेम थान ४, Zpe कम्पनीको मोडेम थान १, HP लेखेको पेन्ड्राइभ थान १, M.Horse लेखेको कालो मोवाइल थान १, सामसुङ्ग J2 मोवाइल थान १, नोकिया कम्पनीको सादा मोवाइल थान १, Ncell सिम प्रयोग नभएको थान ३, Ncell सिम प्रयोग गरेको थान २, नगद रु १,००,०००।- बरामद गरिएको प्रहरीले जनाएको छ ।
घरेलु मदिरा नष्ट
प्रहरीले घरेलु मदिरा तथा कच्चा पदार्थ वरामद गरी नष्ट गरेको छ । कागेश्वरी मनहरा नगरपालीका ११ गोठाटार कृष्ण मन्दिर नजिक बुद्धचोक स्थित घरमा घरेलु मदिरा उत्पादन भैरहेको छ भन्ने सुचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाधारीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा मदिरा तथा कच्चा पदार्थ वरामद गरी नष्ट गरेको गरिएको प्रहरीले जनाएको छ ।
घरेलु मदिरा सहित मानिस नियन्त्रणमा
किर्तिपुर नगरपालिका १ थामवहाल स्थित लहना होटलमा महानगरीय प्रहरी बृत्त किर्तिपुरबाट खटिएको प्रहरी टोलीले छापा मार्दा घरेलु मदिरा रक्सी ३० लिटर कच्चा पदार्थ २८२० लिटर फेलापारी नष्ट गरिएको र उक्त होटल संचालक राजमान मानवलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त किर्तिपुरमा राखिएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट मोटरसाईकलमा सवारको मृत्यु
जिल्ला ललितपुर उपमहानगरपालिका एकान्तकुना स्थित ना ४ ख ४३२७ नं.को ट्रकले बा ४० प ६५०५ नं.को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार पासाङ शेर्पा घाईते भई तत्काल उपचारको लागि गणेश मेमोरियल अस्पताल महालक्ष्मी स्थान ल्याई आईसियूमा राखिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै सवारी साधन र ट्रक चालक महानगरीय परिसर ललितपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १३ भाद्र २०७३, सोमबार १८:२८