चितवन १३ भदौ । जापानमा बस्दै आएका चितवन भरतपुरका एक युवाले भगवानकाे मन्दिरमा वर्षभरि चढाएको भेटी सङ्कलन गरेर असहायका लागि सहयोग गरेका छन् ।
उनी आफैँले मन्दिरमा चढाएको वर्षभरिको पैसा सङ्कलन गरेर रु एक लाख एक हजार मानवसेवा आश्रम चितवनमा रहेका असहायका लागि सहयोग गरेकाे आश्रमका अभियन्ता सुमन बर्ताैलाले जानकारी दिए ।
भरतपुर १५ स्थायी घर भई हाल जापानमा बस्दै आएका चालिसेले यसरी परोपकारी काममा सहयोग गरेका हुन ।
उनका आमा बुबा शोभा चालिसे र गुणा चालिसेले आश्रममै आएर उक्त रकम उपलब्ध गराएका हुन ।
वर्षभरि पूजा गर्दा चढाएको पैसा सङ्कलन गर्दा रु एक लाख एक हजार जम्मा भएकाले सोही रकम उपलब्ध गराइएको जनाइएको छ ।
चितवनको भरतपुरमा रहेको मानवसेवा आश्रममा असहाय, मानसिक सन्तुलन बिग्रिएका, अपाङ्ग जो सडकपेटिमा कष्टकर जीवन गुजार्दै आएका र आफ्नै घरमा समेत बाँधिएर बस्न बाध्यलाई उद्धार गरी राखिएको छ ।
यहाँ अहिले ४७ जना यस्ता असहायले आश्रय पाइरहेका छन् । मानवसेवा आश्रमले चितवन, मकवानपुर र काठमाडाँैमा सेवा दिँदै आइरहेको छ ।
सडकमा कष्टकर जीवन गुजार्नुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा आश्रम लागि परेको संयोजक रामजी अधिकारीले जानकारी दिए । आश्रम यस्तै नेपाली सहयोगीको सहयोगबाट सञ्चालित छ ।
केही वर्षको अन्तरालमा सडकपेटिमा भेटिएका झन्डै ५०० असहायको उद्धार गरी १०० भन्दा बढीलाई परिवारमा पुनर्मिलन गराइसकेको आश्रमले जनाएको छ । रासस