काठमाडौं,१२ भदौ । नेपाली कांग्रेसका दुई युवा नेता जसले एउटाको सफलतामा अर्कोे खुशी हुनुपर्ने हो । फेरी खुशी नहुनलाई उनहीहरु बीच पानी बारबारको अवस्था पनि होइन । कुनै कुनै काम संगै मिलेर नै गर्ने गरेका थिए । तर तीनै दुई युवा नेता एउटाका सफलतामा अर्को रमाउन सकेनन् ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले स्वस्थ्यमन्त्री बनेर बाजी मारे तर गगन नेपाल बिद्यार्थी संघको क्याम्पस तिरको राजनीति गर्दै गर्दा नेपाल बिद्यार्थी संघको अध्यक्ष बनेका धनराज गुरुङ गगन अहिलेको सरकार मन्त्री बन्ने चर्चा भएपनि मन्त्री बन्न सकेनन् । उनी आफु मन्त्री बन्न नसकेपनि गगन थापा मन्त्री बन्दा भने सामाजिक संजालमा नै दुख व्यक्त गरे । त्यसरी धनराजले दुख व्यक्त पार्टी भित्रको राजनीति कारणले भने होइन ।
गगन मन्त्री बनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिह कार्कीलाई महाभियोग लगाउने विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव तुहिएकोमा आफू दुःखी भएको गुरुङ बताएका छन् । गगन थापा प्रस्ताव रहेको सो प्रस्तावका समर्थक धनराज गुरुङ थिए । गुरुङले आज ट्विट गर्दै गगन थापा प्रस्तावक, श्याम श्रेष्ठ र आफू समर्थक भएर संसदमा राखेको सार्वजनिक महत्त्वको प्रस्तावको प्रस्तावक नै मन्त्री बनिसकेपछि अब उक्त प्रस्ताव संसदमा छलफल हुन नसक्ने भएको उल्लेख गरेका छन् । उनले आफ्नो ट्वीटरमा लेखेका छन्– ‘प्रिय भाइ गगन मन्त्री बनेकोमा म अत्यन्त खुसी छु तर मुलुकमा व्याप्त बेथितिविरुद्धको प्रस्ताव तुहिएकोमा म अत्यन्त दुःखी छु’, तर आफुहरुले संसद सचिवालयमा दर्ता गराएको प्रस्ताव तुहिएकोमा ज्यादै दुख लागेको छ ।’
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गुरुङले संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सो प्रस्तावको प्रस्तावक नै मन्त्री भएपछि संसदमा सो प्रस्तावका बारेमा छलफल हुन नसक्ने जानकारी गराएको जनाएका छन् । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार प्रस्ताव अध्ययनका लागि अध्ययनका लागि ‘पिजन होल’मा समेत पठाइएको थियो । कुनैपनि मन्त्रीले स्वतन्त्र प्रस्ताव सदनमा पेश गर्न नसक्ने हुँदा प्रस्ताव निष्क्रिय बनेको छ । गत साउन ६ गते थापाले संसद सचिवालयमा डा.केसीका माग र अख्तियारका कार्यबारे छलफल गर्न माग गर्दै सार्वजनिक जरुरी महत्वको प्रस्ताव दर्ता गराएका थिए ।
यसअघि सभामुख ओनसरी घर्तीले दर्ता भएका सार्वजनिक महत्वको प्रस्ताव संसदमा अगाडि बढाउनेरनबढाउने विषयमा छनौट गर्न समिति गठन गरेकी थिइन्। दर्ता भएका प्रस्ताव रोकिएको अपजस खेप्न परेपछि सभामुख ओनसरी घर्तीले छनौट समिति बनाएकी थिइन् । जसमा कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामकृष्ण यादव, नेकपा एमालेबाट गोकुल घर्ती र रवीन्द्र अधिकारी, नेकपा माओवादी केन्द्रबाट सीता नेपाली, राप्रपा नेपालबाट कुन्ति कुमारी शाही, संघीय समाजवादी फोरमबाट दिलबहादुर नेपाली, फोरम लोकतान्त्रिकबाट गीता राना क्षेत्री र राप्रपाबाट राज्यलक्ष्मी श्रेष्ठ सदस्य तोकिएका थिए ।
संसदमा आज सांसद रवीन्द्र अधिकारीले लामा तथा छोटा दूरीमा चल्ने यातायातको दुर्घटना अत्याधिक मात्रामा जनधनको क्षति भइरहेको हुँदा सडक सुरक्षा कार्ययोजना पूर्ण रुपमा लागू गरी स्थल यात्रालाई सुरक्षित बनाउन अत्यावश्यक भएको भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल भइरहेको छ ।
प्रकाशित मिति: १२ भाद्र २०७३, आईतवार १५:५५