काठमाडौं, ७ भदौ । भारतीय कम्पनी ल्यानको इन्फोरटकले अधुरो अवस्थामा छोडेको कर्णाली–७ जलविद्युत आयोजनाको विद्युत विकास विभाग आफैले अध्ययन गर्ने भएको छ । संभाव्यता अध्ययनको लाइसेन्स पाइ दुई वर्ष काम गरेको ल्यानकोले अध्ययनको काम बीचमै छोडेर गएको थियो ।
सन् २०१० को जुन ८ मा सर्वे लाइसेन्स पाएको भारतीय कम्पनी ल्यानकोले काम पुरा नगरेरै छोडेको अध्ययनको काम गर्न विद्युत विकास विभागले तीन वर्षभित्र अध्ययन सम्पन्न गर्ने गरी चालु वर्ष देखि काम सुरु गर्ने भएको छ ।
करिब २०० मेगावाट क्षमताको कर्णाली–७ जलविद्युत आयोजनाको अध्ययनको काम गर्न करिब १६ करोड रुपैयाँ बजेट रहेको विद्युत विकास विभागका महानिर्देशक समीर रन्त शाक्यले जानकारी दिए । उनले तोकिएको समय सीमासम्म ३ वर्षमा अध्ययनको काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।
करिब ३ वर्षमा अध्ययनको काम सक्ने गरी सर्वेको लाइसेन्स पाएको भारतीय ल्यानकोले अछामको नारायणपुर र सुर्खेतको गुटु सीमानामा पर्ने कर्णाली नदीमा ड्रिलिङको काम गरेको थियो ।
भारतको गुणगाउँमा मुख्य कार्यालय रहेको भारतीय कम्पनि ल्यानको इन्फोरटेकले सुर्खेतको उत्तरगंगामा कार्यालय स्थापना गरी कर्णाली–७ आयोजनाको संभाव्यता अध्ययनको काम गरेको थियो तर काम बीचमै छोडेको थियो ।
कर्णाली–७ जलविद्युत आयोजना माथिल्लो कर्णाली आयोजनाबाट निक्लने पानीको वहावलाई रेगुलेटिङ आयोजनाका रुपमा लिइएको छ । उक्त आयोजना सञ्चालन भएमा माथिल्लो कर्णाली आयोजनाले तल्लो तटीय क्षेत्रमा पार्ने अभावलाई पनि कम गर्ने काम हुने प्राविधिकहरुको भनाई छ ।
करिब ३० मिटर अग्लो ड्याम बाँधी विधुत निकाल्ने योजना रहेको कर्णाली–७ आयोजना अध्ययनकै क्रममा भएका हुनाले क्षमता एकिन नभएपनि ड्यामको उचाई हेड बढाएर बढी विद्युत उत्पादन गर्न सकिने विधुत आयोजनाको अध्ययनको काम बीचमै राकिएको थिाये ।
कम्तीमा ३६ मेगावाट देखि बढीमा ३ सय मेगावाटसम्म विद्युत उत्पादन हुने अनुमान गरिएको उक्त आयोजनामा निर्माण स्थलमा हाल १ सय २० क्वीक मिटर पानी रहेको प्राविधिकको भनाई छ ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विद्युत गृह देखि करिब २५ किलोमिटर तलको दुरीमा निर्माण गरिने कर्णाली–७ आयोजनाको सर्वेका लागि सडक पहुँचको भने अभाव रहेको छ ।
प्रकाशित मिति: ७ भाद्र २०७३, मंगलवार १६:१८